• ON AIRविविसि नेपाली सेवा
  • UP NEXTदेउराली

झापामा उच्च प्रविधियुक्त नर्सरी सञ्चालन


झापा, वैशाख १८ । झापाको मेचीनगरमा पहिलो पटक उच्च प्रविधियुक्त हाइटेक नर्सरी सञ्चालनमा ल्याइएको छ ।झापा, वैशाख १८ । झापाको मेचीनगरमा पहिलो पटक उच्च प्रविधियुक्त हाइटेक नर्सरी सञ्चालनमा ल्याइएको छ ।सरकारको कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत सिँचाइ पूर्वाधारसहितको हाइटेक नर्सरी सञ्चालनमा ल्याइएको हो ।मेचीनगर–९ का युवा डिल्लीराज उप्रेतीले एक कट्ठा जग्गामा हाइटेक नर्सरी निर्माण गरेका हुन् । यो नर्सरीमा सबैखाले बाली लगाउन सकिनेछ ।जिल्ला कृषि विकास कार्यालय झापामार्फत प्राप्त ८ लाख ९४ हजार ४ सय ९२ रुपैयाँ अनुदान र डीएन्डडी वायोप्लानटेकको २ लाख ९८ हजार १६४ रुपैयाँ गरी कूल ११ लाख ९२ हजार ६५६ रुपैयाँ खर्च गरेर नर्सरी स्थापना गरिएको उप्रेतीले बताए ।कृषि पद्धतिलाई अत्याधुनिक र व्यावसायिक बनाउन सरकारको आर्थिक सहयोगमा हाइटेक नर्सरी तयार गरिएको उनको भनाइ छ । २ सय माइक्रोनको प्लास्टिकबाट बनाइएको नर्सरीको टनेलमा घाम छिर्ने, पानी नछिर्ने, नच्यातिने बनाइएको छ ।नर्सरीभित्रै थोपा सिँचाइको व्यवस्था छ भने विशेष प्रकारले व्यवस्थापन गरेर टनेलको छतबाट पानी स्प्रे गरी चिसोपन कायम राख्ने व्यवस्था समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस

सेप्टेम्बर १२ मा एप्पलका तीन नयाँ आइफोन

  लामो पर्खाईपछि अन्ततः आगामी सेप्टेम्बर १२ मा एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने उक्त

ओप्पो 'एफनाइन' नेपाली बजारमा, यस्ता छन् विशेषता

  ओप्पोले नयाँ उत्पादन ‘ओप्पो एफनाइन’ बजारमा ल्याएको छ। ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ र ‘स्टारी पर्पल’ गरी ३ भिन्न आकर्षक रंगमा

सिँचाई परियोजना समितिले आँखामा छारो हाल्ने काम गरेको स्थानीय नागरिकको गुनासो

रामेछाप उमाकुण्ड प्रीतिका स्थानीय नागरिकले सिँचाई परियोजना समितिले आफुहरुको आँखामा छारो हाल्ने काम गरेको बताएका छन।रामेछापको उमाकुण्ड