• ON AIRशुमधुर भजनहरु
  • UP NEXTनेपाली खवर

राष्टिय सम्पदा सुचिमा सुचिकृत केवलेश्वर मन्दिर ओझेलमा ।।


रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक स्थल केवलेश्वर मन्दिर संरक्षणको अभावमा ओझेलमा परेको छ । रामेछाप जिल्लाको धार्मिक स्थलको रुपमा परिचित धेरै वर्ष पुरानो केवलेश्वर मन्दिर संरक्षणमा कसैको ध्यान नजादा ओझेलमा परेको हो । रामेछाप नगरपालिका वडा नम्बर ८ को बाबियाखर्कमा अवस्थित  सैयौ वर्ष पुरानो रामेछापको ऐतिहासिक मन्दिर केवलेश्वर जिर्ण हँदै गएको छ । धेरै वर्ष अगाडि सैयौँ भक्तजनहरु आउने मन्दिरको भवन जिर्ण हुदै गएपछि मन्दिरको अस्तिीत्व नै खतरामा पर्न सक्ने  रामेछाप ८ बाबीयाखर्कका स्थानिय पण्डित शिव घिमिरेले बताउनुभयो ।  सैयौँ वर्ष पुरानो जिर्ण मन्दिरको गजुर ढल्किँदै गएको छ । ढंगा माटोबाट निर्मित मन्दिरको भिक्ताहरु मर्मत संभार नहुदा मन्दिर भत्कन थालेको हो  । मन्दिर नजिकैको निरन्तर पानी  आइरहने धारामा केहि वर्ष यता पानी आउन छाडेको छ ।  केवलेश्वर मन्दिर संरक्षण गर्न स्थानिय तहले तयारी थालेको तर राष्टिय सम्पदा सुचिमा सुचिकृत मन्दिर भएको कारणले पुरातत्व विभागले स्थानिय तहलाई संरक्षण गर्न  नदिएको रामेछाप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्कीले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी