• ON AIRएसएमएस दोहोरी
  • UP NEXT

रेबिजको महामारीको आशंका गर्दै जिल्ला स्वास्थ्य कार्यालयमा सहयोगको याचना 


आफ्नै घरमा पालेको कुकुरका कारण महामारी फैलन सक्ने आशंका गर्दै रामेछाप नगरपालिका वडा नं ७ का उद्धब कुमार श्रेष्ठले जिल्ला जनस्वास्थ कार्यालय रामेछापमा सहयोगको याचना सहित निबेदन दिएका छन् ।  घरमै पालेको कुकुरले आफनै घरको दुध दिने गाई लाई टोकेपछि रेबिज का कारण उक्त गाइको बाच्छो ४ दिनमा  र पाचौ दिनमा गाइलाई टोक्ने कुकुर नै मरेको थियो ।  रामेछाप नगरपालिका पशु सेवा साखाको परामर्शमा कुकुर धनि श्रेष्ठले निजि खर्चमा पशु सेवा निर्देशनालयको प्रयोगशालामा मरेको बाच्छाको केही भाग परिक्षणका लागि लैजादा परिक्षणका क्रममा रेबिज  नै भएकको पुष्टि भएको थियो ।   सोहि प्रतिबेदनकोको प्रतिलिपी सहित श्रेष्ठले सोमबार जिल्ला जनस्वास्थ्य कार्यालयमा उक्त रेबिज ले प्रकोप को रुप नलेओस भन्दै आबश्यक सहयोगका लागि लिखित अनुरोध गरेका थिए ।  रेबिजका कारण एक पछि अर्को समस्या निम्तिन थालेपछि श्रेष्ठ लगाएत उनका छरछिमेकीहरु समेत महामारी फैलन सक्ने त्रासमा रहेका छन् ।  यस बिषयमा जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्दा  निबेदन आएको सहि हो तर हाल कार्यालयमा रेबिज बिरुद्धको सुइ र दक्ष जनशक्ति नभएका कारण केहो भन्न सकिएको छैन । तर स्वास्थ्य सेवा बिभागको महामारी तथा रोग नियन्त्रण शाखामा आबश्यक औषधि र जनशक्ति  मगाइसकिएको ले निबेदकले आशंका गरेजस्तो महामारी फैलन नदिने जनस्वास्थय निरिक्षक जितेन्द्र कुमार शाह ले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

महिलामाथि हुने हिंसाको बिरोधमा महिला संघ रामेछापले बुझायो ज्ञापनपत्र ।।

नेपाल महिला संघले आइतबार  कञ्चनपुरकी निर्मला पन्तको हत्या, लगाएत बलत्कार हिंसा ,महंगी कालोबजारी र सामाजिक असुरक्षाको बिरोधमा  जिल्ला प्रशासन

वर्तमान सरकारको  नारा अनुसार काम गर्न बजेटको कुनै कमी नहुने मन्त्रि ढुङ्गेलको भनाई ।। 

रामेछाप जिल्ला प्रदेश सभा २ का सांसद एवम प्रदेश नं तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखि नेपाली निर्माण

मृगौला बचाऔं अभियान टोली रामेछापमा आइपुग्यो ।। 

 पछिल्लो समयमा मृगौला रोगीहरुको संख्यामा वृद्धि हुँदै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ मृगौला बचाऔं अभियान टोली रामेछापमा