• ON AIRटप अफ द पप
  • UP NEXTनेपाल खबर

जिल्ला स्वास्थ्य कार्यलय रामेछापका प्रमुख शाहको विदाई ।। 


जिल्ला स्वास्थ्य कार्यलय रामेछापका प्रमुख डाक्टर  प्रकाश प्रसाद शाहको आज विदाई गरीएको छ । विगत ३ वर्षदेखि रामेछाप जिल्लामा रहेर स्वास्थ्य प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका  शाहलाई आज जिल्ला अस्पतालमा एक कार्यक्रमको आयोजना गरि फुल माला र अविरसहित विदाई गरिएको हो । डाक्टर शाह अब स्वास्थ्य विभागमा जानुहुनेछ ।  विदाई कार्यक्रममा बोल्दै  डाक्टर शाहले रामेछापको ३ वर्ष बसाई सोचेभन्दा पनि राम्रोे भएको र अबका दिनमा आफु जहाँ रहेपनि रामेछाप जिल्लाको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “स्वास्थ्य क्षेत्रमा काम गरेको १० वर्ष वितिसकेको , धेरै ठाउँमा जिम्मेवारी सम्हाल्दै आएपनि रामेछाप जिल्लावासि लगायत सबैको साथ सहयोेग  कहिले पनि नबिर्सने उहाँले बताउनुभयो ” ।

बिदाई कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका प्रमुख नर बहादुर मगरले डाक्टर शाहको कार्यकाल जिल्ला अस्पताल रामेछापको  लागि निकै महत्वपुर्ण रहेको बताउनुभयो । भुकम्पपछि क्षतिभएको अस्पतालको समग्र विकासमा डाक्टर शाहले खेल्नुभएको भुमिका निकै महत्वपुर्ण रहेको नगर प्रमुख मगरको भनाई थियो । कार्यक्रममा बोल्ने धेरै बक्ताहरुले डाक्टर शाहले रामेछापको स्वास्थ्य क्षेत्रमा पु¥याउनुभएको योगदानको प्रशंसा गर्दै अबको कार्यकाको शुभकामना व्यक्त गरेका थिए ।  रामेछापको जिल्ला अस्पतालमा सिन्धुली र दोलखा रहने गरि स्वास्थ्य डिभिजन कार्यलय बन्नका  लागि डाक्टर शाहले महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो  । 

 

प्रतिकृया दिनुहोस

फैसला कार्यान्वयनका लागि सरोकारवालाको प्रतिवद्धता

हिमाल ढुंंगेल रामेछाप । जिल्ला अदालत रामेछापले अदालतबाट फैसला भएका मुद्धाको फैसला कार्यान्वयनका लागि सरोकारवाला सवैलाई प्रतिवद्धता गराएको छ ।

नागरिकलाई नमुना देखाउन वडा अध्यक्षले घर प्रवलिकरण गर्ने।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले आफ्नो घर प्रवलिकरण गरेर नमुना देखाउने भएका छन् । भूकम्पबाट गाउँका धेरै घरहरु

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।