• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

दिपशिखा ब्वाईज युनाईटेड क्लबको बागडोर सोनुकुमार रोकाको हातमा ।।


रामेछाप जिल्लाको प्रतिष्ठित दिपशिखा ब्वाईज युनाइटेड क्लबको अध्यक्षमा सोनुकमार रोका निर्विरोध चयन भएका छन् । उनलाई क्लबको चौथो साधारण सभाले अध्यक्षमा चयन गरेको हो । 
क्लबको स्थापना काल २०६७ साल देखी नै सक्रिय रहेका रोका जिल्लाको खेल प्रेमी युवाको रुपमा परिचित छन् । उनले यस अघि पनि क्लबको गतिविधिमार्फत स्थानीय र जिल्ला स्तरका नागरिकको मन जितेका थिए । 
क्लबमा निरन्तर सक्रिय उनले अध्यक्षमा निर्विरोध चयन भए लगत्तै अघिल्ला कार्यकालमा अध्यक्ष र पदाधिकारीको हैसियतमा काम गरेकाहरुलाई धन्यवाद दिँदै आफ्नो कार्यकाल पृथक रहेने बताए । उनले आफ्नो नेतृत्व क्लबमार्फत आयोजना गरिने खेलकुदमा मात्र समित नरहने भन्दै आगामी दिनमा सामाजिक विकास र युवा सहभागीतामा केन्द्रित रहेर काम गर्ने बताए । 
सोही साधारणसभाले सचिवमा महेश्वर अधिकारीलाई चयन गरेको छ ।    
जिल्लाको खेलकुद विकास र खेलाडी उत्पादनमा क्रियाशिल रहेको उक्त क्लबले ३ पटक मन्थली नगरपालिका कप सफलता पूर्वक सम्पन्न गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

नमुनादीप युवा क्लबको अध्यक्षमा बस्‍नेत

   खेलकुद क्षेत्रमा जिल्लाकै चर्चित रहेको नमुनादीप युवा क्लबको नयाँ कार्यसमिति चयन भएको छ। राजधानी काठमाडौंमा आइतबार भएको साधारणसभाले राजन

युनाइटेड मन्थलीले जित्यो १ लाख ११ हजारको दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी ।। 

दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी मन्थली युनाइटेड समाजले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको

रामेछाप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु ।।  

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आजदेखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ  । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापको आयोजनामा