• ON AIRहजुरको खवर
  • UP NEXTरोजाई तपाईको

रामेछाप नगरपालिकाको नवनिर्मित भवन जोखिममा ।।


रामेछाप नगरपालिकाको नवनिर्मित भवन  निर्माण सम्पन्न नहुँदै चर्किएको छ । १ करोड ९० लाख ९९ हजार ९ सय ४१ रुपैयाँ कुल लागत रहेको भवनको २०७३ साउन १५ देखि निर्माण सुरु भएकोे थियो ।  भवनको २  वर्षमा निर्माण सक्नेगरी सुनकोशि कन्स्ट्रक्सन कम्पनिले जिम्मा लिएकोमा भवन निर्माण सम्पन्न नहँुदै भवनको पछाडिपट्टिको पेटि र रिटेनिङ वाल भत्किन थालेको छ । १ करोड ३१ लाख १९ हजार  २ सय २७  रुपैयामा २ वर्ष भित्रमा निर्माण सक्ने गरी कामको जिम्मा लिएको सुनकोशि कन्स्ट्रक्सन कम्पनिले ९० प्रतिशत काम सम्पन्न गरिसकेको दाबि गर्दै आएको छ । नवनिर्मित आठ कोठे भवन ठेकेदारको लापरवाहिको कारण चर्किएको रामेछाप नगरपालिकाका इन्जिनियर कुसुम भट्टराइले बताउनुभयो । हाल रामेछाप नगरपालिका भाडाको घरबाट सन्चालन हुदै आएको छ ।  केहि महिना भित्रमै नगरपालिका कार्यलय आफनो घरमा सर्ने तयारी भइरहँदा भवन चर्किनु दुखद कुरा भएको  रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २