• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

नुवाकोटमा नेपालकै ठूलो सोलार प्लान्टको निर्माण सुरु


नुवाकोट, वैशाख १४ –उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ९ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न आउँदो १० वर्षमा नेपालमै १० हजार मेगावाट विद्युत आवश्यक पर्ने बताउनु भएको छ ।मन्त्री पुनले शुक्रबार नुवाकोटमा रहेको देविघाट जलविद्युत केन्द्र परिसरमा सोलार प्लान्टको शिलान्यास गर्दै आर्थिक वृद्धिदर बढाउनको लागि ठूला उद्योग स्थापना गर्नु पर्ने र त्यसको लागि विद्युतमा आत्मनिर्भर हुनु पर्ने बताउनुभयो ।उहाँले देशको मागलाई धान्न सक्ने र विद्युत खपत हुने क्षेत्र विस्तार गर्न सकेमा मुलुकले व्यापार घाटालाई सन्तुलनमा ल्याउने समेत बताउनुभयो । ‘विद्युत धेरै खपत हुने उद्योगहरुको स्थापना गर्ने, खाना बनाउनेदेखि यातायात समेत विद्युतबाट सञ्चालन गर्ने वातावरण बताउने छौ’ उहाँले भन्नुभयो, ‘ग्यास, डिजेल, पेट्रोल र विद्युत आयातको लागि विदेसिने एक खर्ब भन्दा बढी रकम नेपालमै रहन्छ । यसले थोरै भए पनि व्यापार घाटा कम गराउँछ ।’मन्त्री पुनले आउँदा दिनमा सरकारले जलाशययुक्त आयोजनाहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत जानकारी दिनुभयो । उहाँले अर्को वर्षको बर्खाको समयमा देश लगभग विद्युतमा आत्मनिर्भर हुने भएकोले सरकारले धेरै विद्युत खपत गर्ने ठूला उद्योग स्थापनामा जोड दिएको समेत बताउनुभयो ।मन्त्री पुनले शिलान्यास गरेको २५ मेगावाट क्षमताको ग्रिड सोलार नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्ट हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्ष्भित्रमा सकेर विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको प्राधिकरणका महाप्रबन्धक कूलमान घिसिङ बताउनुभयो ।सोलार प्यालन सञ्चालनमा आएपछि सोलार प्लान्टबाट दिउँसो उत्पादित विद्युत  सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएकोले दिउँसोको समयमा कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङदी, मस्र्याङदी,  चिलिमेजस्ता जलाशययुक्त तथा अर्ध–जलाशययुक्तको  जलविद्युतको पानी सञ्चित गरी बिहान र बेलुकीको समयमा सञ्चालन गर्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीस“ग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको छ । जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरिरहेको छ ।प्राधिकरणका महाप्रबन्धक घिसिङले कूल उत्पादनको १० देखि १५ प्रतिशत उर्जा सोलार प्लान्टबाट उत्पादन गर्ने योजना बनाउैको बताउनुभयो । उहाँका अनुसार अहिले बन्ने सोलार प्लान्ट पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै सञ्चालन गरी त्यसपछिमात्र प्राधिकरणलाई हस्तान्तरण गर्नेछ ।प्राधिकरणको स्वामित्वमा रहेका  त्रिशूली र देवीघाट विद्युत केन्द्रको नाममा रहेको  खाली जग्गामा राखिने सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्ने छ । कम्पनीले प्लान्टबाट वार्षिक रुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने सम्झौता भएको प्राधिकरणले जनाएको छ ।शिलान्यास कार्यक्रममा सहभागी नुवाकोटका सांसद हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, बहादुरसिंह लामाले आयोजना समयमा सम्पन्न गराउन प्राधिकरणले ध्यान दिनु पर्ने बताउनुभयो । उहाँहरुले माथिल्लो त्रिशूली थ्री ए, थ्री बी जस्ता आयोजनाहरुमा भएको ढिलाई सोलार प्लान्ट आयोजनामा नगरी तोकिएको समयमा सम्पन्न गराउन माग गर्नुभयो । सांसदत्रयले नुवाकोटमा बन्ने ठूला आयोजनाहरु समयमा सम्पन्न नगर्ने परिपाटी दोहारिएको उल्लेख गर्दै यो आयोजना समयमा सक्न आग्रह गर्नु भयो ।
 

प्रतिकृया दिनुहोस

सिँचाई परियोजना समितिले आँखामा छारो हाल्ने काम गरेको स्थानीय नागरिकको गुनासो

रामेछाप उमाकुण्ड प्रीतिका स्थानीय नागरिकले सिँचाई परियोजना समितिले आफुहरुको आँखामा छारो हाल्ने काम गरेको बताएका छन।रामेछापको उमाकुण्ड

कम्प्युटर अपरटेरमा नयाँ भर्ना नलिइने, भएका पद पनि स्वतः खारेज

सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख छ । हाल विविध सेवा

छोरी(बुहारीलाई दक्ष बनाउन कम्प्युटर शिक्षा

वैशाख १८ । बैतडीको ग्रामिण क्षेत्रका छोरी(बुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरीबुहारीलाई कम्प्युटरको पहुँचमा पु¥याउन वातावरण