• ON AIR
  • UP NEXTटाइम पास

रामेछापमा प्रभावकारी बन्दैछ सामुदायिक मेलमिलाप ।। 


दिगो शान्ति स्थापनाको लागि शुरु गरिएको सामुदायिक मेलमिलाप रामेछाप जिल्लामा प्रभावकारी बन्दै गएको छ । गाउँमा सामुदायिक मेलमिलाप कार्यक्रम शुरु भएपछि धेरैजसो विवाद स्थानीयस्तरमा नै सुल्झिन थालेको छ । सामुदायिक मेलमिलाप कार्यक्रम लागू भएपछि जिल्लाको ८ वटा स्थानिय तहमा हालसम्म ९ सय ७ वटा विवाद समाधान भएका छन् । रामेछाप जिल्लामा गाउँमा नै विवाद मिलाउनका लागि प्रत्येक स्थानिय तहको  वडै पिच्छे मेलमिलापकर्ता तयार गरिएको छ । रामेछाप  जिल्लामा ५  सय १३ जना  तालिम प्राप्त सामुदायिक मेलमिलाप कर्ताहरु रहेका छन ।  मेलमिलापकर्तालाई कानुनको आधारभूत ज्ञान दिइएकाले मेलमिलाप गर्न मिल्ने  विषयहरु गाउँठाउँमा नै मिल्ने गरेका छन । रामेछाप जिल्लामा सामुदायिक मेलमिलाप केन्द्रमा  धेरै जसो साँध सिमाना विवाद ,घरेलु हिंसा ,कुलोपानी विवाद लगायतका विवादहरु आउने गरेको  जिल्ला संयोजक हिमाल ढंगेलले बताउनुभयो ।   
 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २