• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

प्रथम बाल विकास महोत्सव भईरहंदा चौतारामा रहेको बाल उद्यानको विजोग


किरण थापा, सिन्धुपाल्चोक ।।चौतारा टुंडिखेलमा भब्य रुपमा बाल विकास महोत्सव चदिरहंदा नजिकै रहेको बाल उद्यानमा भने  घामपानिले रङ खुईलिएको साईनबोर्ड, भत्किएको गेट , च्यातिएका तारजालि, अल्ली भित्र २÷४ वडा लडिरहेका बेन्चहरु देख्न सकिन्छ । जिल्लाकै पहिलो चौतारा नगरपालिकाले बाल उद्यान (चिल्ड्रेन पार्क) र नगर सूचना केन्द्र सञ्चालन गर्ने भनिएको तिन बर्ष बित्नै लाग्यो तर हाल बाल उद्यानको अवस्था नाजुक स्थीतिमा पुगेको छ ।  तत्कालिन प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बाल उद्यान नगर सूचना केन्द्रको उद्घघाटन गर्नुभएको थियो । ’उद्यान र केन्द्र समृद्ध चौतारा बनाउने संकेत मात्रै हो,’ उद्घाटनपछि उहाँले भन्न्ुभएको थियो । चौतारालाई बालमैत्री नगरपालिका बनाउने नीति अनुरुप चिल्ड्रेन पार्क सञ्चालनमा ल्याउने कामले सुस्तता पाएको छ । शनिबार(आज) चौतारामा जिललामा रहेका विभिन्न सरकारी तथा गैह्रसरकारी निकायहरुको सहयोगमा बाल विकास महोत्सव सम्पन्न भएको छ । तर टुंडिखेल नजिकै रहेको बाल उद्यानमा भने कसैको पनि आँखा गएको देखिएन । चौतारा साँगाचोकगढि नगरपालिकाका प्रमुख अमानसिंह तामाङले पनि बाल उद्यानको बारेमा कुरा उठाउनुभएन । झण्डै तिन बर्ष अगाडी टुँडिखेल नजिक चौताराको टुंडिखेलमा ६ लाख रुपैयाँभन्दा बढी लगानीमा पार्क सञ्चालन गरीएको हो । नगरपालिकाको ५ लाख र भगवती सामुदायिक वन उपभोक्ता समितिको १ लाख २ हजार रुपैयाँ लगानीमा झण्डै डेढ रोपनी जमिनमा फैलिएको पार्कमा आकर्षक बगैँचासहित पिङ, चिप्लेटी र आराम गर्ने बेन्चको व्यवस्था गरिएको थियो तर हाल ति सबै संरचनाहरु पिङ भाँचिएको छ भने बस्ने डेक्सबेन्चहरुपनि भाँचिएको छ । कुनै पनि संरचनाहरु हाल प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको छन् ।  सञ्चारकर्मी तथा विभिन्न कार्यक्रमहरुमा चौतारा नगरपालिकाका प्रमुखले बाल उद्यानलाई पहिलो प्राथमिकतामा राखेको बताँउदै आएपनि हालसम्म उद्यानको लागी कुनै काम भएको छैन् । नगरमा रहेको बाल उद्यानलाई जिल्लाकै नमुना बनाउने बताउने प्रमुख तामाङले हालसम्म कुनैपनि पहल नगरेको पाईएको छ । 

 

प्रतिकृया दिनुहोस

राष्टिय सम्पदा सुचिमा सुचिकृत केवलेश्वर मन्दिर ओझेलमा ।।

रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक स्थल केवलेश्वर मन्दिर संरक्षणको अभावमा ओझेलमा परेको छ । रामेछाप जिल्लाको धार्मिक स्थलको रुपमा परिचित धेरै वर्ष

रेबिजको महामारीको आशंका गर्दै जिल्ला स्वास्थ्य कार्यालयमा सहयोगको याचना 

आफ्नै घरमा पालेको कुकुरका कारण महामारी फैलन सक्ने आशंका गर्दै रामेछाप नगरपालिका वडा नं ७ का उद्धब कुमार श्रेष्ठले जिल्ला जनस्वास्थ कार्यालय

रामेछापको ठोसेमा दाउराले हानेर भाइले गरे दाइको हत्या । 

घरायसी झैझगडामा दाउराले हानेर भाइले दाइको हत्या गरेका छन् ।  जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गोकुलगंगा गाउँपालिका वडा नम्बर –२, ठोसेको भित्तरी