• ON AIRहजुरको समाचार
  • UP NEXTशिक्षा संवाद

जिल्ला प्रसासन कार्यालय रामेछापको ०७५÷०७६ कार्यक्रम सार्वजानिक ।। 


जिल्ला प्रसासन कार्यालय रामेछापले आगामी आर्थिक वर्ष २०७५÷०७६ मा कम्तिमा रामेछापको ४ वटा स्थानीय तहमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।जिल्ला प्रसासन कार्यालय रामेछापले एक कार्यक्रम गरी आ व ०७५÷०७६ मा कार्यालमार्फत हुने कार्यक्रम सार्वजानिक गरेको छ ।सार्वजानिक गरेको कार्यक्रम अनुसार इलाका प्रसासन कार्यालय लाप्चानेलाई छिटै सञ्चालन गर्ने,अनलाइन मार्फत राहदानी सम्बन्धी जानकारी दिने व्यवस्था गर्ने,बजार अनुगमनलाई निरन्तरता दिने,नागरिक वडापत्रको अडियो भिडियोलाई परिमार्जन गरी सञ्चालन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभएको छ ।यसैगरी विपद्बाट हुन सक्ने स्थानहरुको सम्भाव्यता अध्ययनमा सहयोग गर्ने,लागु औषध ओसारपसार नियन्त्रणमा निगरानी राखी सचेतनाका लागि अन्र्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने,नागरिकता लिनका लागि आवश्यक कागजपत्र पेश गरेको बढीमा आधा घण्टा भित्र सेवा प्रवाह गर्ने योजना रहेको जिल्ला प्रसासन कार्यालय रामेछापले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मदभागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

रामेछापको  गोगनेभिरमा जीप दुर्घटना तीनजनाको मृत्यु ।। 

रामेछापको  मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । मन्थली नगरपालिका– ४ सालुको