• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

पुष्पलाल स्मृती दिवश रामेछापमा भव्य रुपमा मनाइयो ।। 


नेपाल कम्युनिष्ट पार्टिका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृती  दिवश रामेछापको भंगेरीमा आज मनाइएको छ । पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भंगेरीमा आज पुष्पलाल स्मृती प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी दिवश मनाएको हो । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवम पुर्व प्रधानमन्त्रि माधवकुमार नेपालको प्रमुख आतिथ्यता एवम पुष्पलाल स्मृति प्रतिष्ठानका संयोजक देवशंकर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । जिल्ला समन्वय  समिती रामेछापमा निर्वाचित प्रेम खड्का सहित सम्पुर्ण पदाधिकारीहरु , सगरमाथा आरोहण गर्ने रामेछाप लिखु तामाकोशि गाउँपालिकाका प्रकाश पाण्डे लगायत नेकपा रामेछापका ३ जना जेष्ठ नागरीक अग्रज व्यक्तित्वलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवम पुर्व प्रधानमन्त्रि माधवकुमार नेपालले स्थानीय जनप्रतिनिधि र सबैलाई जनभावना अनुसार काम गर्न आग्रह गर्नुभएको छ । यसैगरी कार्यक्रमका कार्यक्रमको विशेष अतिथि एवम् ३ नम्वर प्रदेशका आर्थिक योजनामन्त्री कैलाशप्रसाद ढुङगेलको संसारको कम्युनिष्टहरुको तीर्थस्थलको रुपमा भंगेरी स्थापित गराउने प्रतिवद्धता सहित सरकारले पुष्ष्लाल स्मृति प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको जानकारी दिनुभएको छ। पुष्षलालले विशवभरी नेपाल चिनाएकोमा अव रामेछाप जिल्लाको भंगेरीलाई पर्यटकीय क्षेत्रबाट देश र विश्व भरी नै चिनाउन केन्द्र सरकार,प्रदेश सरकार र स्थानीय सरकार एकआपसमा समन्वय गरी अघि बढ्ने रामेछापका प्रतिनिधि सांसद श्याम कुमार श्रेष्ठको भनाई छ । कार्यक्रममा मन्थली नगरपालिका र खाँडादेवि गाउँपालिकाले पुष्पलाल स्मृति प्रतिष्ठानलाई सक्दो सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रममा रामेछापका प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेल ,सिन्धुली जिल्लाका सांसद हरिबोल गजुरेल ,पत्रकार  लगायतको उपस्थीती  रहेको थियो ।  


 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २