• ON AIR
  • UP NEXTशिक्षा संवाद

रामेछापमा ट्रिफरको ठक्करबाट २ जना घाईते ।।


रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट पुरानो सदरमुकाम रामेछाप बजार आउँदै गरेको बा ८० प ८०३९ नम्बरको  मोटरसाईकललाई रामेछापबाट मन्थली जाँदै गरेको बा ४ ख ४६९१ नम्बरको ट्रिफरले रामेछाप मन्थली सडकखण्ड अन्तर्गत बावियाखर्कको साढे १० किमिमा ठक्कर दिँदा २ जना घाईते भएका छन । मोटरसाइकलमा  सवार रामेछाप नगरपालिका वडा नं. ८ रामेछापका पत्रकार बद्री नयाँघरे र नेपाल रेडक्रस सोसाइटि रामेछापका संयोजक रौतहट चन्दपुर नगरपालिका वडा नं. ९ घर भएका जयनारायण चौधरी घाईते भएका हुन् । घाईतेहरु दुवैलाई रामेछापमा उपचार हुन नसकेपछि काठमाण्डौ पठाईएको छ । घाईते र सवारीधनी बीचको सहमती पछि चालकलाई छाडिएको जिल्ला प्रहरी कार्यालय मन्थलीका ईन्सपेक्टर शेख अदालतले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मदभागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

रामेछापको  गोगनेभिरमा जीप दुर्घटना तीनजनाको मृत्यु ।। 

रामेछापको  मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । मन्थली नगरपालिका– ४ सालुको