• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

भूकम्पले घर भत्कियो घरमा किचिएर बुबाको पनि मृत्यु भयो तर लाभग्राहीको सूचीमा नाम छैन ।


देशका विभिन्न जिल्लाका भूकम्प पीडितहरु आफ्नो निजी आवास निर्माणको काममा जुटिरहेका बेला रामेछाप नगरपालिका वडा नम्बर ८ भंगेरिका दशरथबाबु श्रेष्ठ भने कागजपत्रकै झमेलामा हुनुहुन्छ  । २०७२ सालको विनासकारी भुकम्पमा परी उहाँका  बुबा  ९३ वार्षिय जनक श्रेष्ठको मृत्यु भएको थियो । घर भत्केर बबाको मृत्यु भएपनि अहिले भूकम्प पीडितको लाभग्राहीको सूचिमा समेत नाम नपरेको श्रेष्ठले बताउनुभयो । रामेछाप जिल्लामा करिव ५० हजार घर परिवार लाभग्राहीको सूचिमा पर्दा पनि घर भत्किएर बुबा गुमाउनुभएका  दशरथबाबु श्रेष्ठ भने भूकम्प पीडितको सूचिमा पर्नुभएको छैन । पहिलो पटक नाम नआएपछि उहाँले   फेरी गुनासो भर्नुभयो ।  फेरी नाम नआएपछि पुन गुनासो भर्नुभएका  उहाँको नाम घर मर्मत गर्नेको सूचीमा निस्किएको छ । अहिले उहाँ भूकम्पले आफ्नो घर भत्किएको पुष्टि गर्ने कागजात र फोटोहरु बोकेर सरोकारवाला निकायमा धाइरहनु भएको छ  । तरपनि उहाँको  गुनासो खासै सुनुवाई भएको छैन । २०७२ सालमा गएको विनासकारी भूकम्पले रामेछाप जिल्लामा ४१ जनाको ज्यान गएको थियो । 
 

प्रतिकृया दिनुहोस

राष्टिय सम्पदा सुचिमा सुचिकृत केवलेश्वर मन्दिर ओझेलमा ।।

रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक स्थल केवलेश्वर मन्दिर संरक्षणको अभावमा ओझेलमा परेको छ । रामेछाप जिल्लाको धार्मिक स्थलको रुपमा परिचित धेरै वर्ष

रेबिजको महामारीको आशंका गर्दै जिल्ला स्वास्थ्य कार्यालयमा सहयोगको याचना 

आफ्नै घरमा पालेको कुकुरका कारण महामारी फैलन सक्ने आशंका गर्दै रामेछाप नगरपालिका वडा नं ७ का उद्धब कुमार श्रेष्ठले जिल्ला जनस्वास्थ कार्यालय

रामेछापको ठोसेमा दाउराले हानेर भाइले गरे दाइको हत्या । 

घरायसी झैझगडामा दाउराले हानेर भाइले दाइको हत्या गरेका छन् ।  जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गोकुलगंगा गाउँपालिका वडा नम्बर –२, ठोसेको भित्तरी