• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

तेस्रो राजकीय भ्रमणकालागि मोदी आज जनकपुर आउदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणका लागि अहिले केहीबेरमा नेपाल आउँदै हुनुहुन्छ । प्रदेश २ को राजधानी जनकपुरबाट आज सुरु हुने उहाँको भ्रमण भोली मुक्तिनाथ भ्रमण गरेर सकिने कार्यक्रम रहेको छ । उहाँ भारतको पटनाबाट जनकपुर आउने भ्रमण तालिका रहेको छ । उहाँ अहिले विहान साढे दश बजेतिर जनकपुर अवतरण गर्नुहुने छ ।

दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा झण्डै पौने घण्टा जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुनेछ भने त्यही संयुक्त रुपमा रामायण सर्किटको उद्घाटन पनि गरिने भएको छ । रामायण सर्किटको उद्घाटन सँगै आजैदेखि जनकपुर देखि अयोध्या सम्म सिधा बस सेवा सुरु हुनेछ । उहाँलाई जनकपुरकै रंगभूमी बाह्रबिघामा भव्य नागरिक अभिनन्दनको कार्यक्रम पनि रहेको छ । रंगभूमी मैदानमा उहाँले झण्डै एक घण्टा अभिनन्दन समारोहमा सहभागीता जनाउनुहुने छ ।

त्यसपछि उहाँ दिउसो साढे एक बजे सम्ममा हेलिकोप्टर मार्फत् नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी सिधै हयात होटल पुग्ने कार्यक्रम रहेको छ । उहाँलाई आजै दिउसो टुँडिखेलमा गार्डअफ अनर दिइने छ भने त्यसपछि उपराष्ट्रपति र राष्ट्रपतिसँग शिष्टाचार भेटबार्ता गर्नुहुने छ ।

मोदीले बत्तिसपुतलीमा रहेको द्वारिका होटलमा प्रधानमन्त्री ओलीसँग एक्लाएक्लै र सामुहिक रुपमा दुईपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । मोदीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएर भेट्नु पर्नेमा ओलीले होटलमा गएर भेट्नु गतल भएको भन्दै कुटनीतिज्ञहरुले आलोचना गरेका छन् ।

दुईपक्षीय भेटबार्तापछि उहाँहरुले स्विच थिचेर अरूण तेस्रोको शिलान्यास गर्ने र संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीलाई आजै प्रधानमन्त्री ओलीको तर्फबाट रात्रिभोजको पनि आयोजना गरिएको छ ।

दुई दिने भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री मोदी दोस्रो दिन भोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुक्तिनाथ प्रस्थान गर्नुहुने भएको छ । उहाँले मुक्तिनाथमा पूजागरेपछि जो मसोमबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ । उहाँले भोली नै पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेपछि द्वारिकाज होटलमा राजनीतिक भेटघाट गर्नुहुने छ ।

मोदी भोली नै नेपाल स्थीत भारतीय राजदूतले आयोजना गर्ने दिवाभोजमा सहभागी भई फेरी राजनीतिक भेटघाटमा सहभागी हुनुहुनेछ ।
उहाँलाई भोली नै दिउसो र ाष्ट्रिय सभागृहमा काठमाडौं महानगरका तर्फबाट नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदी भोली नै दिउँसो ४ बजे भारतीय सेनाको विशेष विमानबाट नयाँदिल्ली फर्किनुहुने भएको छ ।

प्रतिकृया दिनुहोस

रामेछापको उमाकुण्डमा कांग्रेसको चियापन कार्यक्रम सम्पन्न ।।

नेपाली काँग्रेस उमाकुण्ड गाउपालिका  रामेछापले जिल्लाको उमाकुण्ड गाउपालिका स्थीत प्रीतिको च्यादलु डाडामा नजिकीदै गरेको बडा दशै,शुुभ दिपाली तथा छड

कांग्रेसका कार्यकर्ताहरुलाई चरित्रवान  वन्न आग्रह  ः दाहाल 

नेपाली काग्रेँस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका निर्देशक  एबं बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नेपाली काग्रेसका कार्यकर्ताहरु असल र

महिला शशक्तिकरण विना समाज परिवर्तन असम्भव – डा.सग्रौला

नेपाली काग्रेस की केन्द्रीय सदस्य एबं संघिय संसदकी सासद डा. डिला सग्रौलाले मुल्कका हरेक आन्दोलनमा महिलाहरुको पनि उत्तिकै भुमिका रहेको भन्दै महिला