• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछापमा  ९९ करोडभन्दा  बढी रकम फ्रिज ।। 


आर्थिक वर्ष २०७४÷०७५ मा रामेछापमा   ९९  करोडभन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाको चालु र पुँजीगत दुबै तर्फको गरी ९९  करोड ३१ लाख ४ हजार ८ सय ४७ रुपैया ५६ पैसा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रणको कार्यालय रामेछापले जनाएको छ । आ.व. २०७४÷०७५को कुल बजेटको ९२.६८ प्रतिशत बजेट खर्च भएको छ । पुँजिगततर्फ २ अर्ब १५ करोड ८८ लाख ३१ हजार  विनियोजन भएकोमा १ अर्ब ६८ करोड ९८ लाख २० हजार ७ सय ५२ रुपैया १९ पैसा  मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रणको कार्यालय रामेछापले जनाएको छ । यस्तै चालुतर्फ ११ अर्ब ४१ करोड ९२ लाख ६४ हजार ५ सय ७६ रुपैया ७० पैसा विनियोजन भएकोमा १० अर्व ८९ करोड ५१ लाख ६९ हजार ९ सय ७६ रुपैयाँ ९५ पैसा मात्र खर्च भएको छ । जिल्लाका अधिकांश विकास निर्माणका कामहरू आर्थिक वर्षको अन्त्यमा आएर सञ्चालन गर्ने प्रचलनका कारण धेरै बजे फ्रिज हुने गरेको कोष तथा लेखा नियन्त्रक नानी बाबु सिपखानले बताउनुभयो ।   

 

प्रतिकृया दिनुहोस

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली

साहारा बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड ४५ लाख ।।

साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेड मन्थली रामेछापको १३  औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा सन्चालित