• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा


 

 नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सजना गर्न वार्तामा बसेको हो कि भन्ने आशंका पैदा भएको संघले जनाएको छ ।

संघले भनेको छ, सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा. केसीले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।’

चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।

‘एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्‍याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।’

सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि चिकित्सक संघले दिएको छ ।

प्रतिकृया दिनुहोस

रामेछापमा १७ सय परिवारले गरे स्वास्थ्य विमा 

रामेछाप जिल्लाका १७ सय ४ परिवारले स्वास्थ्य विमा गराएका छन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्य सहित

रामेछापमा विश्व स्तनपान सप्ताह कार्यक्रम सम्पन्न ।

स्तनपान  जिवनको आधार भन्ने मूल नाराका साथ २६ औ विश्व स्तनपान सप्ताह २०१८ अगष्ट १ देखि ७ सम्म जिल्ला स्वास्थ्य कार्यालय रामेछापले विभिन्न कार्यक्रम

भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

   नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डा. गोविन्द केसीको