• ON AIR
  • UP NEXTहजुरको समाचार

भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा


 

 नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सजना गर्न वार्तामा बसेको हो कि भन्ने आशंका पैदा भएको संघले जनाएको छ ।

संघले भनेको छ, सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा. केसीले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।’

चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।

‘एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्‍याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।’

सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि चिकित्सक संघले दिएको छ ।

प्रतिकृया दिनुहोस

दशैँ आयो अब कस्तो मासु कसरी खाने त ?  

दसैँ र मासु एक–अर्कासँग परिपूरक मानिएका विषय हुन् । त्यसैले अधिकांशका घरमा दसैँका लागि मासु अनिवार्य परिकार बनाएको हुन्छ । दसैंका वेला घरमा अरू पनि

पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइयो । 

किशोर किशोरीको सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता भन्ने मुल नाराका साथ पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइएको छ । रामेछाप

खाना खाने गलत शैली, उमेर नपुग्दै बुढ्यौली

    जवाफ, ‘उमेरमै जवानी गुजि्रएला कि भन्ने कुराले ।’ अर्थात उमेर नपुग्दै पाको, बुढो भइएला भन्ने डर । तपाईंलाई पक्कै थाहा छ, उमेरले मात्र मान्छे