• ON AIRहजुरको समाचार
  • UP NEXTप्रश्न

प्रतिनीधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै ।।


वैशाख २६ रामेछाप । व्यवस्थापिका संसदको प्रतिनीधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । दुइटै सदनमा आज संसद निमायली पेश हुनेछ । आजको बैठकमा संसद नियमावली पारित गर्ने कार्यसूची रहेको छ । फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बनको व्यवस्था थप गर्न माग गर्दै परेको संसोधनका विषयमा पनि छलफल हुनेछ । नेकपा एमालेले प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन दर्ता गरेको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श महाशाखाका अनुसार संशोधन दर्ताका लागि तोकिएको समयसीमामा छ वटा संशोधन दर्ता भएका छन् । तीमध्ये नेपाली काँग्रेसले प्रस्तावित समिति संख्या घटाउन माग गरेको छ । १० वटा समिति प्रस्तावित रहेकामा काँग्रेसले सातवटा बनाउन माग गरेको छ ।  नियमावलीमा प्राप्त संशोधन आजको प्रतिनिधिसभा बैठकमा पेस हुनेछ । राष्ट्रियसभाको नियमावलीमा संशोधन दर्ताको समय आजसम्म तोकिएको छ । आजको प्रतिनीधिसभामा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य निर्वाचन र कानुनमन्त्री शेरबहादुर तामाङले वेपत्ता पारिएका व्यक्तिको छानविन सत्यनिरुपण तथा मेलमिलाप आयोग पहिलो संसोधन अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । 
 

प्रतिकृया दिनुहोस

नेपाल सरकारले पुष्पलाल पार्क बनाउन आवश्यक तयारी गरिसकेको पुर्व शिक्षा मन्त्री शर्माको भनाई ।। 

रामेछाप नगरपालिका वडा  नम्बर ८ भंगेरीमा  पुष्पलाल पार्क बन्ने पक्का भएको छ ।  माक्सवाद र लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा

 तराइका स्थानीय तहका जनप्रतिनिधिहरु लुटेराको शैलीमा काम गर्छन    – किरण देवी यादब 

नेपाली काग्रेस कि केन्द्र्रीय सदस्य किरण देवी यादव ले तराइका स्थानीय तह मा बिजयी हुने जनप्रतिनिधिहरुको कार्यशैली लुटेराहरुको जस्तो भएको दावी गर्नु

वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गर्यो , नेता सिंह ।। 

राजन महतारा क्षेत्री । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनु भएको छ । निर्मला