• ON AIRहजुरको समाचार
  • UP NEXTबिभिन्न लोक गितहरु

विश्वकप फुटबलमा लुका मोड्रिच बने उत्कृष्ट खेलाडी, ह्यारी केनले पाए गोल्डन बुट ।।


विश्वकप फुटबलको २१ औं संस्करण रुसमा सकिएको छ । रुसले पहिलो पटक आयोजना गरेको विश्वकपको समापन समारोहमा विश्वका शिर्ष नेताहरुदेखि फुटबल हस्तीहरुको उपस्थिति थियो । विश्वकपको फाईनल खेलमा पराजित भएपनि क्रोएसियाले खेलाडी लुका मोड्रिच विश्वकपका उत्कृष्ट खेलाडी बने । स्पेसिन क्लव रियाल मड्रिडबाट खेल्दै आएका मिडफिल्डर मोड्रिचले विश्वकपका उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल जितेका हुन् । विश्वकपका सात खेलमा मोड्रिचले २ गोल गरेका थिए । तर क्रोएसियाको हरेक जितमा मोड्रिचको प्रदर्शन प्रेरणादायी थियो । यो विश्वकपमा सर्वा्धिक ६ गोल गर्न सफल इङ्गल्याण्डका ह्यारी केनले गोल्डन बुट अवार्ड जितेका छन् । केनले समुह चरणमा ५ तथा राउण्ड अफ सिम्सटिनमा एक गोल गरेका थिए । केनले गरेका ६ मध्ये ३ गोल पेनाल्टीमार्फत थियो । यसैगरी फ्रान्सका किलियन एम्बाप्पे विश्वकपका उत्कृष्ट युवा खेलाडी बने । एम्बाप्पेले प्रतियोगितामा चार गोल गरेका थिए । यसपटक बेल्जियमका गोलकिपर थियाबु कोर्टुवा उत्कृष्ट बन्दै गोल्डेन ग्लोभ्स जिते भने फेयर प्ले टिमको उपाधि स्पेनले जितेको छ ।

प्रतिकृया दिनुहोस

रामेछाप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु ।।  

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आजदेखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ  । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापको आयोजनामा

रामेछापमा जिल्ला स्तरी खुल्ला भलिवल प्रतियोगीता हुदै ।। 

रामेछापमा दोेश्रो वीर गणेशमान सिंह स्मृति रामेछाप जिल्ला स्तरी खुल्ला भलिवल प्रतियोगीता तथा खेलाडी सम्मान कार्यक्रम हुने भएको छ । यही मंसिर २५

रामेछाप खाँडादेविमा वडाअध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै ।। 

रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा खाँडादेवि युवा क्लबको आयोजनामा खुल्ला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।