• ON AIRनेपाल खबर
  • UP NEXTबाल कोपिला

रामेछाप नगरकप पुरुष भलिबल प्रतियोगिताको उपाधि हिमगंगालाई ।। 


प्रथम रामेछाप नगरकप पुरुष भलिबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिका ४ हिमगंगाले हातपारको छ । हिमगंगाले उपाधिसँगै नगद २० हजार ५ सय  प्राप्त गर्न सफल भएको छ । आज भएको फाइनल खेलमा रामेछाप नगरपालिका वडा नम्बर २ देराउरालीलाई पछि पार्दै हिमगंगाले उपाधि हात पारेको हो । प्रतियोगिताको उपविजेता बन्दै वडा नम्बर  २ देउरालीले १५ हजार रुपैयामा चिक्त बुझाएको छ । प्रतियोगिताको तेस्रो उपाधि नगद १० हजार  भने रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरले हात पारेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी रामेछाप नगरपालिका ४ हिमगंगाका शेर बहादुर मगर घोषित भएका छन । अनुशासित खेलाडीको ट्रफि भने रामेछाप नगरपालिका ३ साँघुटारका मणिराज थापा मगरले प्राप्त गरेका छन । थापा मगर बोल्न र सुन्न नसक्ने खेलाडी थिए ।  ३ दिनसम्म चलेको प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका थिए ।

रामेछाप नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा सहभागि खेलाडिहरुलाई प्रमाण पत्र ,ट्रफि र मेडल प्रदान गर्दै रामेछाप नगरपालिका प्रमुख नर बहादुर थापा मगरले विजयी  टिमहरुलाई बधाइ तथा शुभकामना  दिँदै रामेछाप नगरपालिकाले यस वर्ष खेल क्षेत्रमा १० लाख रकम विनियोजन गरेको जानकारी गराउनु भएको छ ।  नगर प्रमुख थापा मगरले आगामी दिनमा नगरपालिकाले एक वडा एक खेल मैदान बनाउने निती पास गरिसकेको पनि बताउनुभयो । 


 

प्रतिकृया दिनुहोस

रामेछाप खाँडादेविमा वडाअध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै ।। 

रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा खाँडादेवि युवा क्लबको आयोजनामा खुल्ला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।

ओख्रनीमा वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता सम्पन्न ।। 

वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता कार्यक्रम रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा सम्पन्न भएको छ ।वडा नं ६ ओख्रेनीको आयोजनामा पुर्व

जिल्लाकै सर्वा्धिक राशीको प्रथम रामेछाप कप जित्यो नन्दबक्स गणले ।। 

रामेछाप जिल्लाकै सर्वा्धिक राशीको फुटबल प्रतियोगिता प्रथम रामेछाप कप २०७५ को उपाधी नन्दबक्स गण रामेछापले जितेको छ । सोमबार भएको निक्कै