• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

प्रथम रामेछाप नगरकप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेलहरु सम्पन्न  । 


रामेछाप नगरपालिकाको आयोजनामा प्रथम रामेछाप नगरकप पुरुष  भलिबल प्रतियोगिता हिजोबाट सुरु भएको छ । रामेछाप नगरपालिका भित्रका ८ वटा वडाहरुका खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिताको नकआउट चरका खेलहरु हिजै सम्पन्न्न भएको छ । आज भएको प्रतियोगिताको सेमिफाइनल खेलमा रामेछाप नगरपालिका ५ रामपुर र वडा नम्बर ३ साँघुटार खेल्दा साँघुटारले खेल आफनो पक्षमा पारेको थियो  । यस्तै रामेछाप नगरपालिकाका कर्मचारी र वडा नम्बर २ देउराली खेल्दा खेल देउरालीले आफनो पक्षमा पारेको थियो । यस्तै वडा नम्बर ५ रामपुर र वडा नम्बर ४ हिमगंगा खेल्दा खेल हिमगंगाले आफनो पक्षमा पारेको थियो । प्रतियोगिताको तृतिय पुरस्कार रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरले हात पारको छ । अब भोलि हुने फाइनल खेल वडा नम्बर २ दउेरालि र वडा नम्बर ४ हिमगंगाले खेल्ने छ ।  प्रतियोगितामा विजेता हुने टिमले प्रथम,द्धितीय र तृतिय  पुरस्कार क्रमश  नगद रु २० हजार  ५ सय , १५ हजार र १० हजारको साथमा सिल्ड,मेडल  र प्रमाण पत्र प्राप्त गर्नेछन । खेल श्रि गौरी शंकर बहुमुखि क्याम्पस प्राङगण रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा भइरहेको छ । 


 

प्रतिकृया दिनुहोस

दिपशिखा ब्वाईज युनाईटेड क्लबको बागडोर सोनुकुमार रोकाको हातमा ।।

रामेछाप जिल्लाको प्रतिष्ठित दिपशिखा ब्वाईज युनाइटेड क्लबको अध्यक्षमा सोनुकमार रोका निर्विरोध चयन भएका छन् । उनलाई क्लबको चौथो साधारण सभाले

विश्वकप फुटबलमा लुका मोड्रिच बने उत्कृष्ट खेलाडी, ह्यारी केनले पाए गोल्डन बुट ।।

विश्वकप फुटबलको २१ औं संस्करण रुसमा सकिएको छ । रुसले पहिलो पटक आयोजना गरेको विश्वकपको समापन समारोहमा विश्वका शिर्ष नेताहरुदेखि फुटबल हस्तीहरुको

विश्वकप फुटबलमा फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल ।। 

क्रोएसियालाई फाइनलमा ४–२ ले पराजित गर्दै फ्रान्सले बिश्वकप फुटबल २०१८ को उपाधी जितेको छ । यसअघी सन् १९९८ को बिश्वकप उपाधी जितेको फ्रान्स दोस्रो पटक