• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

प्रथम रामेछाप नगरकप पुरुष भलिबल प्रतियोगिता सुरु   । 


रामेछाप नगरपालिकाको आयोजनामा प्रथम रामेछाप नगरकप पुरुष  भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । रामेछाप नगरपालिका भित्रका ८ वटा वडाहरुका खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिताको नकआउट चरका खेलहरु आज सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा वडा नम्बर ६ ओख्रेनि र वडा नम्बर ४ हिमगंगा भिड्दा खेल वडा नम्बर ४ हिमगंगाले आफनो पक्षमा पारेको छ । यस्तै अर्को खेलमा वडा नम्बर ३ साँधुटार र वडा नम्बर ९ ल्याङल्याङ खेल्दा खेल वडा नम्बर ३ साँघुटारले आफनो पक्षमा पारेको छ । यस्तै आजै भएको अर्को खेलमा वडा नम्बर २ देउरालि र वडा नम्बर ७ सुकाजोर खेल्दा खेल वडा नम्बर २ देउरालिले आफनो पक्षमा पारेको छ । रामेछाप नगरपालिकाको कर्मचारीहरु र वडा नम्बर ८ को खेल वर्षाले स्थगित भएको छ ।  प्रतियोगिताका  सेमिफाइनल खेलहरु भोलि हुनेछ ।  प्रतियोगितामा विजेता हुने टिमले प्रथम,द्धितीय र तृतिय  पुरस्कार क्रमश  नगद रु २० हजार  ५ सय , १५ हजार र १० हजारको साथमा सिल्ड,मेडल  र प्रमाण पत्र प्राप्त गर्नेछन । खेल श्रि गौरी शंकर बहुमुखि क्याम्पस प्राङगण रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस

नमुनादीप युवा क्लबको अध्यक्षमा बस्‍नेत

   खेलकुद क्षेत्रमा जिल्लाकै चर्चित रहेको नमुनादीप युवा क्लबको नयाँ कार्यसमिति चयन भएको छ। राजधानी काठमाडौंमा आइतबार भएको साधारणसभाले राजन

युनाइटेड मन्थलीले जित्यो १ लाख ११ हजारको दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी ।। 

दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी मन्थली युनाइटेड समाजले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको

रामेछाप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु ।।  

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आजदेखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ  । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापको आयोजनामा