• ON AIRहजुरको खवर
  • UP NEXTटप अफ द पप

रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदै ,आज फ्रान्स र बेल्जियम भिड्दै ।।

 

 रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्नेछन् । यो खेल नेपाली समय अनुसार मंगलबार राति पौने १२ वजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । 

क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई पराजित गर्दा फ्रान्सले उरुग्वेको चुनौती पन्छाउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।

मंगलबार हुने सेमिफाइनल जित्दै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्ने लक्ष्यमा छ ।

एक पटकको उपाधि विजेता फ्रान्स पछिल्लो पटक सन् २००६ को विश्वकपमा फाइनल पुगेको थियो ।

उता, उत्कृष्ट लयमा रहेको बेल्जियम फ्रान्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा छ ।

सन् १९८६ मा चौथो स्थान हासिल गर्नुनै बेल्जियमको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।

एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायना जस्ता विश्व फुटबलका स्टार खेलाडीहरुले भरिएको अहिलेको टोलीलाई बेल्जियन फुटबल इतिहासको सुनौलो पुस्ताको रुपमा हेरिएको छ ।

फ्रान्स र बेल्ज्यिमको हेड टु हेड रेकर्ड हेर्दा बेल्जियम बलियो देखिन्छ ।

यी दुई टोली अहिलेसम्म ७३ पटक आमने सामने भएका छन् । जसमा बेल्ज्यिम ३० पटक विजयी भएको छ भने फ्रान्स २४ पटक विजयी भएको छ ।

१९ खेल बराबरीमा टुंगिएका छन् । दुबै टोली उत्कृष्ट फर्ममा रहेका छन् ।

पछिल्लो २४ खेलमा अपराजित टोली बेल्जियम रुसमा जारी विश्वकप फुटबलका सबै खेल जित्ने एक मात्र टोली हो ।

फ्रान्सले भने एक खेलमा बराबरी गरेको छ । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा भोलि इङ्ल्यान्ड र क्रोएसिया आमनेसामने हुनेछन् ।

इङ्ल्यान्डले क्वाटरफाइनलमा स्विडेनको चुनौती पन्छाउँदा क्रोएसियाले आयोजक रुसलाई हराँउदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिकृया दिनुहोस

फैसला कार्यान्वयनका लागि सरोकारवालाको प्रतिवद्धता

हिमाल ढुंंगेल रामेछाप । जिल्ला अदालत रामेछापले अदालतबाट फैसला भएका मुद्धाको फैसला कार्यान्वयनका लागि सरोकारवाला सवैलाई प्रतिवद्धता गराएको छ ।

नागरिकलाई नमुना देखाउन वडा अध्यक्षले घर प्रवलिकरण गर्ने।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले आफ्नो घर प्रवलिकरण गरेर नमुना देखाउने भएका छन् । भूकम्पबाट गाउँका धेरै घरहरु

सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने  आबश्यकता – पूर्ब मन्त्री के सी 

नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर  खबरदारी गर्नुपर्ने आबश्यकता