• ON AIRहजुरको खवर
  • UP NEXTटप अफ द पप

पत्रकारको तलब ४० हजार हुनुपर्ने माग ।। 


नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदःयसचिव बालकृष्ण घिमिरेलाई आइतबार ज्ञापनपत्र बुझाउँदै पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण गरिनुपर्ने माग गर्नुभएको हो । यसअघि श्रमजीवी पत्रकारको तलब न्यूनतम १९ हजार ५०० रुपैयाँ रहेको थियो । ज्ञापन पत्रमा महासंघले राष्ट्र बैंकको पारिवारिक बजेट सर्वेक्षण, औसत पोषण, मूल्यवृद्धि, तथा तत्कालीन न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष खेम भण्डारी–समितिले प्रतिपादन गरेको सिद्धान्तलाई समेत ध्यानमा राखेर राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ हुनुपर्ने तथा श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नहुने सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको पारिश्रमिक ३० हजार रुपैयाँ हुने गरी माग राखेको छ ।
 

प्रतिकृया दिनुहोस

फैसला कार्यान्वयनका लागि सरोकारवालाको प्रतिवद्धता

हिमाल ढुंंगेल रामेछाप । जिल्ला अदालत रामेछापले अदालतबाट फैसला भएका मुद्धाको फैसला कार्यान्वयनका लागि सरोकारवाला सवैलाई प्रतिवद्धता गराएको छ ।

नागरिकलाई नमुना देखाउन वडा अध्यक्षले घर प्रवलिकरण गर्ने।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले आफ्नो घर प्रवलिकरण गरेर नमुना देखाउने भएका छन् । भूकम्पबाट गाउँका धेरै घरहरु

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।