• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

रामेछाप नरपालिकाको  तेस्रो नगर सभा सम्पन्न , ५७  करोड बजेट  विनियोजन ।। 


कृषि पर्यटन ,सडक खानेपानी हाम्रो पुर्वाधार ,रामेछाप नगर विकासको दिगो आधार भन्ने मुल नाराका साथ रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले   आर्थिक बर्ष २०७५र०७६ को लागि ५७  करोड ४५ लाख ७६ हजार  रुपैयाँको बजेट तथा निती र कार्यक्रम प्रस्तुत  गरेको छ । शनिबार  नगर सभामा रामेछाप  नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो  ।

नगरपालिकाले आर्थिक विकास  नीति,  सामाजिक विकास नीति, पूर्वाधार विकास निती , वातावरण तथा विपद व्यवथापन निती ,संस्थागत विकास तथा सेवा प्रवाह , लगायतका  नीति तथा कार्यक्रमहरु सभामा पेस गरेको छ । प्रदेश नम्बर ३ का अर्थमन्त्रि एवम रामेछाप क्षेत्र नम्बर २ का सांसद कैलाश ढुंगेलको प्रमुख आतिथ्यता , रामेछाप क्षेत्र नम्बर १ का सांसद शान्ति प्रसाद पांैडेल र रामेछापका प्रदेश सभा सदस्य रिता माझिको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै  प्रदेश नम्बर ३ का अर्थमन्त्रि एवम रामेछाप क्षेत्र नम्बर २ का सांसद कैलाश ढुंगेलले रामेछाप नगरपालिका पुष्पलाल र गंगालालको जन्मथलो  भएकाले रामेछाप नगरपालिका भंगेरीमा अन्तराष्टिय केन्द्र बनाइने बताउनुभयो ।

भंगेरीमा पुष्पलाल अन्तराष्टिय केन्द्र बनाएर स्वदेशि तथा विदेशि पर्यटकहरु भित्राएर रामेछाप जिल्लाले पर्यटन प्रवद्र्धनमा विकाससँगै मनग्य आम्दानि गर्न सक्ने बताउनुभयो । रामेछाप नगरपालिकालाई नामाकरण गरी पुष्पलाल नगर बनाइनुपर्ने मन्त्रि ढंगेलको जोड थियो  । रामेछाप नगरपालिकाले  कृषि पर्यटन र सडक खानेपानीलाई प्रार्थमिकतामा राखेको छ ।  


 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिका रामेछापको सार्बजनिक सुनुवाई ।। 

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको गत आर्थिक बर्ष र चालु आर्थिक वर्षको आय ब्यय बिवरण सार्बजनिक गरिएको छ ।  गाउपालिकाले  शुक्रबार आफनो

ओखलढुंगा घोराखोरीमा खुल्यो कृषि विकास बैँक ।।

२० वर्ष अगाडी द्धन्दकालीन समयमा विस्थापित भएको ओखलढुंगा जिल्लाको चम्पादेवि गाउँपालिका वडा नम्बर ६ घोराखोरीमा फेरी कृषि विकास बैँक लिमिटेडको २५७ औँ

विरामीलाई फलफुल  वितरण गरेर मनायो साहारा वचतले आफनो वार्षिक उत्सव ।

जिल्लामा सहकारीको अभियान संचालन गर्दै  आएको साहारा वचत तथा ऋण सकारी संस्थाले आज आफनो १३ औ स्थापना दिवसको अबसर पारेर बिरामीहरुलाई फलफुल बितरण गरेको