• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

कान्छाराम तामाङले बोलेको पुराए , रामेछाप जिल्लाको लागि ६ वटा एम्बुलेन्स प्रदान ।। 


स्वर्गीय शेरबहादुर तामाङको नामबाट स्थापना गरिएको शेरबहादुर स्मृति प्रतिष्ठान रामेछापले जिल्लामा ६ वटा एम्बुलेन्स दिएको छ । प्रतिष्ठानले रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाँडादेवि गाउँपालिका, दोरम्बा गाउँपालिका र सुनापाति गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिष्ठानद्धारा वितरण गरिएका एम्बुलेन्सको साँचो सम्बन्धित नगरपालिका र गाउँपालिकामा गठित एम्बुलेन्स सञ्चालक समितिलाई हस्तान्तरण गरेका छन् । शेरबहादुर स्मृति प्रतिष्ठानले रामेछाप जिल्लाको दुई वटा नगरपालिका र ४ वटा गाउँपालिकामा छुट्टाछुट्ट एम्बुलेन्स सञ्चालक समिति गठन गरि एम्बुलेन्स हस्तान्तरण गरेको हो । नेपाली काँग्रेस रामेछापका महासमिति सदस्य समेत रहनुभएका प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर तामाङ (कान्छाराम) ले शेरबहादुर स्मृति प्रतिष्ठानद्धारा एम्बुलेन्स वितरण गर्नुभएको हो ।  रामेछाप जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यासी समेत रहनुभएका तामाङले निर्वाचनमा भोट माग्ने क्रममा आपूmले जनतासँग गरेको बाचा अनुरुप एम्बुलेन्स वितरण गरेको बताउनुभयो  । एम्बुलेन्स वितरण कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा , महामन्त्री शशांक कोइराला, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चित्रलेखा यादव लगाएका नेताहरुको समेत उपस्थिति हुनुहुन्थ्यो ।  ।
 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी