• ON AIRविविसि विहानी सेवा
  • UP NEXTमितिनी नाटक

विश्वकपमा सेमीफाइनलअगावै ‘मिनी फाइनल’

 

रुसमा जारी फिफा विश्वकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

इंग्ल्याण्ड र स्विडेन क्वार्टरफाइनल प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् । राउन्ड अफ सिक्स्टिनअन्तर्गत गएराति भएका खेलमा इंग्ल्याण्डले कोलम्बिया र स्विडेनले स्विट्जरल्याण्डलाई पराजित गरे ।

 

क्वार्टरफाइनलका ४ खेल शुक्रबार र शनिबार हुनेछन् । शुक्रबार पहिलो खेलमा फ्रान्स र उरुग्वे तथा दोस्रो खेलमा ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् ।

 

यस्तै शनिवार इंग्ल्याण्ड र स्विडेन तथा क्रोएसिया र रुसबीच खेल हुनेछ ।

 

फाइनल अघि ‘मिनी फाइनल’ !

 

जरी विश्वकपमा ब्राजिल र बेल्जियम सबैभन्दा उत्कृष्ट लयमा देखिएका छन् । बेल्जियमले प्रतियोगितामा शतप्रतिशत जीत दर्ता गरेको छ भने ब्राजिल अपराजित छ । उसले स्विट्जरल्याण्डसँग बराबरी खेल्नुबाहेक अन्य तीनवटै खेल जितेको छ । हालसम्मको प्रदर्शन हेर्दा यी दुई टोली उपाधिका प्रमुख दाबेदार हुन् । तर समीकरण यस्तो बनेको छ कि यी दुईमध्ये एक टोलीमात्र सेमीफाइनल पुग्नेछन् ।

 

शुक्रबार राति पौने १२ बजे हुने यो खेललाई फाइनलअघिको फाइनलका रूपमा हेरिएको छ । जित्ने टोली उपाधिको एक कदम नजिक पुग्नेछ भने पराजित हुनेको यात्रा क्वार्टरफाइनलमै टुंगिने छ ।

 

यो खेलको विजेताको सेमीफाइनल प्रतिद्वन्द्वीको टुंगो भने सोही दिन हुने फ्रान्स र उरुग्वेबीचको खेलबाट लाग्नेछ । फ्रान्स एट्याकमा बलियो छ भने उरुग्वेले डिफेन्सिभ खेल्दै सफलता हासिल गरिरहेको छ । यो खेल पनि निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ ।

 

इंग्ल्याण्डलाई फाइनल पुग्ने सहज बाटो !

 

एकातर्फ उपाधिका दाबेदारहरू क्वार्टरफाइनलमै भिडिरहेका बेला अर्कातर्फ भने फाइनल पुग्ने टोलीलाई तुलनात्मकरूपमा सहज बाटो छ ।

 

हालसम्मको प्रदर्शन हेर्ने हो भने इंग्ल्याण्ड यताबाट फाइनल पुग्ने सम्भावित टोली हो । राउण्ड अफ सिक्स्टिनमा स्पेनलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको रुस पनि फाइनल यात्रा तय गर्ने रणनीतिमा हुनेछ । रुसलाई घरेलु दर्शकको भरपूर साथ छ ।

 

इंग्ल्याण्ड र रुस दुवैले हालसम्म एक-एक खेल हारेका छन् । यसका अलावा अर्जेन्टिनालाई समूहमा हराएको क्रोएसिया र पछिल्लो केही खेलमा विजयी नतिजा निकाल्दै आएको स्विडेन पनि राम्रा टोली हुन् ।

प्रतिकृया दिनुहोस

एसिया कप छनोट : नेपालको दोस्रो जित, सिंगापुर चार विकेटले पराजित

    एसिया कप छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले सिंगापुरलाई चार विकेटले हरायो । सिंगापुरले

दिपशिखा ब्वाईज युनाईटेड क्लबको बागडोर सोनुकुमार रोकाको हातमा ।।

रामेछाप जिल्लाको प्रतिष्ठित दिपशिखा ब्वाईज युनाइटेड क्लबको अध्यक्षमा सोनुकमार रोका निर्विरोध चयन भएका छन् । उनलाई क्लबको चौथो साधारण सभाले

विश्वकप फुटबलमा लुका मोड्रिच बने उत्कृष्ट खेलाडी, ह्यारी केनले पाए गोल्डन बुट ।।

विश्वकप फुटबलको २१ औं संस्करण रुसमा सकिएको छ । रुसले पहिलो पटक आयोजना गरेको विश्वकपको समापन समारोहमा विश्वका शिर्ष नेताहरुदेखि फुटबल हस्तीहरुको