• ON AIRहजुरको खवर
  • UP NEXTटप अफ द पप

बाढि र पहिरोकाकारण एकैदिन ११ जनाको मृत्यु ।। 

रामेछाप सहित देशभरी भएको बर्षाकाकारण ११ जनाको मृत्यु भएको छ । पहिरो र डुवानका कारण रोल्पा, कैलाली, बाँके, काठमाण्डौ र पर्सामा गरेर हिजो एकैदिन ११ जनाको मृत्यु भएको हो । रोल्पामाअविरल बर्षाकाकारण घर भत्किदा १८ दिनकी सुत्केरी आमा छोरीसहिततीनजनाको मृत्यु भएको छ । जिल्लाप्रहरी कार्यालय रोल्पाकाप्रमुख ज्ञानेन्द्र फूँयोलकाअनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा घर भत्किदा २२ बर्षीया आमाकमलाविक, उहाँकी १८ दिनकी छोरी आयूसा विक र छिमेकी १५ बर्षीया चित्राविकको मृत्यु भएको हो । दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेमा५ वर्षिय बालकसहित ३ जनाको मृत्यु भएको छ । वर्षाले कैलालीको भजनीनगरपालिकालगायतका दक्षिणपूर्वी क्षेत्र पनिडुबानमा परेको छन् । एक सय बढी परिवार विस्थापितभइसकेका छन् । बर्षाले घर भत्किएर एक जनाको मृत्यु भएको छ ।पर्साको पन्थीखोलामाआएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । दुईजनाविद्यार्थीको उद्धार गरिएको छ भने एकजनाअझै बेपत्ता छन् । यस्तै, काठमाडौंको धर्मस्थलीस्थितमहादेव खोलाले बगाउँदातारकेश्वर नगरपालिका–६ काप्रकाश पुर्कुटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।निरन्तर परेको पानीकाकारण तराईकाविभिन्नजिल्लामा डुवान भएको छ भने पहाडी जिल्लाहरुमापहिरो गएको छ । ठाउँ ठाउँका राजमार्ग अवरुद्ध भएको छ । वर्षाकाकारण वीरगञ्जको श्रीपुर, पानीट्याङ्की, जिल्लाप्रशासनकार्यालय परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेकाछन् । यसैबीच,अत्यधिक वर्षा र बाढी पहिरोकाकारण जनजीवनप्रभावितभएको र राहततथा उद्धारको लागि सरकार तयारी अवस्थामा रहेको गृहमन्त्रालयकाप्रवक्ता रामकृष्ण सुवेदीले सीआईएनसँगबताउनुभयो ।  

प्रतिकृया दिनुहोस

फैसला कार्यान्वयनका लागि सरोकारवालाको प्रतिवद्धता

हिमाल ढुंंगेल रामेछाप । जिल्ला अदालत रामेछापले अदालतबाट फैसला भएका मुद्धाको फैसला कार्यान्वयनका लागि सरोकारवाला सवैलाई प्रतिवद्धता गराएको छ ।

नागरिकलाई नमुना देखाउन वडा अध्यक्षले घर प्रवलिकरण गर्ने।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले आफ्नो घर प्रवलिकरण गरेर नमुना देखाउने भएका छन् । भूकम्पबाट गाउँका धेरै घरहरु

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।