• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

३ दिने बेमौसमी तरकारी खेती तालिम सम्पन्न ।।  


रामेछाप नगरपालिका वडा नम्बर ८ का ४० जना कृषकहरुलाई दिइएको ३ दिने बेमौसमी तरकारी खेती तालीम आज सम्पन्न भएको छ । न्यानो साना किसान कृषि सहकारी संस्था लिमीटेड रामेछाप ८ को आयोजना रामेछाप नगरपालिका र वडा नम्बर ८ को आर्थिक सहयोगमा तालिमककको आयोजना भएको थियो । रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यता र न्यानो साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिचन्द्र घिमिरेको सभापतित्वमा तालिमको समापन गरिएको हो ।

३ दिनसम्म सन्चालन भएको तालिमको प्रशिक्षण कृष्ण बहादुर भुजेल र रामरतन मन्डलले दिनुभएको थियो ।  तालिममा सहभागि ४० जना किसानहरुलाई प्रतिव्यक्ति १ थान टनेला , १ थान हजारी ,विउ विजन प्रदान गरिएको छ । तालिम समापन कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगर , रामेछाप नगरपालिकाका प्रशासकिय अधिकृत ईश्वराज दाहाल , वडा नम्बर ८ का वडाअध्यक्ष केदार कार्की लगाएतले आफनो मन्तव्य राख्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

उमाकुण्ड गाउँपालिकामा प्रथम उमाकुण्ड कृषि महोत्सव २०७५ हुँदै ।। 

स्थानीय अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन र युवालाई कृषिमा आकर्षित गर्ने लक्ष्य सहित रामेछापको उमाकुण्ड गाउँपालिकामा प्रथम उमाकुण्ड कृषि

रामेछाप बजारमा  ५ दिने योग शिविर जारी ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा पाँच दिने योग शिविर कार्तिक २८ गतेबाट बाट सुरु भएको छ । रामेछाप पतञ्जली योग समिति रामेछापको आयोजनामा