• ON AIRसि आई एन समाचार
  • UP NEXTहजुरको विहानी

हायु भाषा संरक्षण र संवद्र्धन सम्बन्धि ५ दिने अन्तरकृया सम्पन्न ।। 


नेपालको लोपन्मुख जाति हायु जातिहरुको बसोबास रहेको रामेछाप नगरपालिकामा हायु भाषा संरक्षण एवम सम्बद्र्धन सम्बन्धि ५ दिने कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । रामेछाप नगरपालिकाको  आयोजनामा रामेछाप नगरपालिका वडा नम्बर ८ वादिमा बसोबास गर्ने ४५ जना हायु समुदायका नागरीकहरुलाई हायु भाषा बोलचाल सम्बन्धि प्रशिक्षण दिइएको हो । पछिल्लो समायमा हायु भाषा लोप हुदै गइरहेको अवस्थामा हायु भाषा बोल्न नजान्ने नागरीकहरुलाई भाषा सिकाइएको प्रशिक्षक रमेश हायुले बताउनुभयो ।  आज रामेछाप नगरपालिका ८ वादिमा एक कार्यक्रमको बिच ५ दिने कार्यशालाको समापन गरिएको छ ।

 कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले हायु जाति रामेछाप नगरपालिकाको गहना भएको र अब छिट्टै रामेछाप नगरपालिकाले हायु कला ,संस्कृति र भेषभुषाको संरक्षण गर्न  संग्राहलयको स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य रमेश कुमार हायुले राख्नुभएको थियो । ५ दिने कार्यशालामा प्रशिक्षकहरु रमेश हायु,तुलसा हायु र जनक हायुले प्रशिक्षण दिनुभएको थियो । रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यशालामा वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्की , हायु एकता समाज रामेछापका अध्यक्ष धन बहादुर हायु , नगरकार्यपालिका सदस्य जमुना हायु लगायते मन्तव्य राख्नुभएको थियो । 


 

प्रतिकृया दिनुहोस

रामेछापको हिमगंगामा जे सि वी पुरियो ।। 

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ मा बाटो बनाइ रहेको जे सि वी पुरिएको छ । वडा नं ४ खुर्सानी डाँडामा सडक फराकिलो पार्ने क्रममा माथिबाट आएको ढिस्कोले

सवारी चालकहरुको आन्दोलनका कारण आज रामेछापमा सवारी ठप्प 

सवारी चालकहरुको आन्दोलनका कारण आज रामेछापमा ठुला सवारी साधन ठप्प भएका छन् । भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले सवारी दुर्घटनाबाट मृत्यु भएमा

श्रि गंगालाल एकेडेमीले पनि मनायो संविधान दिवश ।। 

२०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा रामेछाप नगरपालिका ८ रामेछाप बजारमा  रहेको  श्रि गंगालाल एकेडेमी प्रालिले आज संविधान दिवश मनाएको छ ।