• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

जमिन भासिएपछि मन्थलीका स्थानीय बासी त्रसित ।।


रामेछाप जिल्लाको सद्रमुकाम मन्थली नगरापालिकाको वडा नं १ बसपार्क भन्दा माथि निर्माण भएको   घर  को वरीपरि पहिरीन थालेपछि  स्थानीय त्रसित बनेका छन । उक्त स्थानमा मन्थली नपा गेलु स्थायी ठेगाना भएका खुसहरी बुढाको घर वरीपरि चर्कने र सुख्खा पहिरो जाने काम नरोकिएपछि बस्तीनै खतरामा पर्ने डरले स्थानीय त्रसित भएका हुन । यसरी जमिन भासिदै गई घर नै जोखिममा रहेपछि  आफुले सञ्चालन गर्न लागेको होटल  पनि अब यस्तो जोखिमपुणृ घरमा होटल सञ्चालन गर्न नसिकिने भन्दै शुक्रबार जि एस होटलका सञ्चालक गणेश थपलियाले सेना र प्रहरीको सहयोगमा समानहरु निकालेको बताउनुभयो ।  पहिले यस स्थानमा नागथानको पुजा आजा गने गरेको र त्यस ठाउमा माथिबाट महिरो आई पुरेपछि गडवारीमा रहेको नागबेली शिला लाई नागथान मानि पुजा आजा गर्ने गरेको  स्थानीय बुढापाकह्रु बताउछन । कसरी यस्तो भयो त भन्न्ो अनुसन्धानका क्रममा खेलुवा माटो भएको ठाउमा घर बनाउका कारण घरको भार माटोले थाम्न नसक्दा पहिरीन लागेको प्राबिधिकहरुको ठम्याई रहेको छ ।  तर दोलखाकी माता भनिने एक महिलाले नागथान थिचेर घर बनाएको र नागथानको पुजा आरधाना नगरेकोले यस्तो भएको बता््इ्रन । त्यसैगरी रामेछापको गलुमा शिक्षण पेशा गर्ने तथा धामी झाक्री समेतको काम गर्ने शिक्षक त्यहा  आइपुगेपछि काम्दै  घर निर्माणका क्रममा भेटिएको नाग( सर्प ) मारेको घरधनिकी श्रीमतिलाई यहा घर नबनाउन, नाग थानको सिरमा तुलसीको मठ नबनाउन, भनेर सपनामा भन्दा अटेर गरेको कुरा  बताए । उक्त कुरा घरधनिकी श्रीमतिले समेत स्वीकार गरेको हुदा  देवी देवताका कारण यस्तो हुन  गएको भन्दै स्थानीय बासीहरुले पत्याएका छन । करोडौको लगानीमा निर्माण गरिएको ३ तले घर अब बसोवास गर्न योग्य छैन । तर ति शिक्षकले भने बिगतमा गरेको गल्तीलाई स्वी्कार गरी अहिले भएको तुलसीको मठ भत्काउने, देवी देवताको र नाग देवताको पुजा आरधना गर्ने घरमा जे पायो त्यहि ल्याएर नखाने गरे सबै कुरा  रोकि घर लड्न बाट जोगाइदिने बताएका छन । जमिन भनै दिनानुदिन भासिने क्रम जारी छ । धामिले  शुक्रबार भासिएको जमिन भन्दा अरु २ मिटर भासिने बताए । उक्त जमिन भासिएपछि बसपार्क पुग्ने  सडक, वसपार्क क्षेत्र , पेट्रोल पम्प क्षेत्र समेत प्रभाबित हुने आशंका गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी