• ON AIRहजुरको खवर
  • UP NEXTटप अफ द पप

रामेछापको गोकुलगंगा गाउपालिकाको बजेट साँढे ३४ करोड ।। 


रामेछापको गोकुलगंगा गाउपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को लागि ३४ करोड २४ लाख ६० हजार रुपैया बराबरको अनुमानित बजेट विनियोजन गरेको छ  । गाउपालिका उपाध्यक्ष राधिका क्षेष्ठ नेवारका अनुसार चालु तर्फ ४ करोड २५ लाख र पुजिगत लगाएत अन्य कार्यक्रम तर्फ १५ करोड ५ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको  छ । नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानमा प्राप्त भएको करिव १४ करोड ९३ लाख ७५ हजार सशर्त अनुदान तर्फको कार्यक्रममा नै खर्च हुने पनि उपाध्यक्ष नेवारले जानकारी दिनुभयो  । पुर्वाधार विकास अन्तर्गत सडक तर्फ ३ करोड ५७ लाख, सिचाँई तर्फ ८० लाख, सामाजिक विकास अन्तर्गत शिक्षा तर्फ १ करोड ८ लाख, स्वास्थ्य तर्फ ३५ लाख, खानेपानी तर्फ १ करोड ७० लाख, खेलकुद तर्फ १ करोड, सररफाइ तर्फ ३५ लाख रुपैया विनियोजन गरिएको जनाएको छ । यसैगरी आर्थिक विकास अन्तर्गत कृषि र पशु तर्फ १ करोड ७५ लाख, पर्यटन÷ संस्कृति तर्फ ३५ लाख रुपैया विनियोजन गरेको  छ । 
 

प्रतिकृया दिनुहोस

केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लि.को सातौँ साधरण सभा सम्पन्न ।

धेरै मिहेनत र वचत गरौँ,सुखी र सम्वृद्ध बर्नौँ भन्ने मुल नाराका साथ श्री केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामेछाप नगरपालिका  ८ रामेछापको

अब उपल्लो र अपर खिम्ती जलविद्युत आयोजनामा काठमाडौंबाटै शेयर हाल्न पाइने ।

रामेछाप र दोलखा जिल्लाको सीमाना हुँदै बहने खिम्ती खोलामा निर्माणाधिन उपल्लो खिम्ती र अपर खिम्ती जलविद्युत आयोजनाले स्थानीय प्रभावितहरुको लागि

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड आज हुने ।।  

निर्माणको अन्तिम चरणमा पुगेको दोलखा स्थित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि आज पहिलो चरणको शेयर बाँडफाँड