• ON AIRटप अफ द पप
  • UP NEXTनेपाल खबर

प्रधानमन्त्री ओलीले भनेः ‘चीनसँग गरिएको सम्झौताले चौतर्फी फाइदा पुग्छ

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा भएका सहमति र सम्झौताबारे प्रतिनिधिसभाको बैठकलाई जानकारी दिएका छन्b प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे जानकारी गराउँदै ती सहमतिले नेपाललाई चौतर्फी फाइदा पुगेको बताए ।

उनले चीनसँग रेलमार्ग, उर्जा, जलस्रोतलगायतका विषयमा भएका सहमति ऐतिहासिक भएको दाबीसमेत गरे ।

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइएको र उच्च चिनियाँ पक्षबाट चाँडै नेपालको भ्रमण हुने विश्वास पनि  व्यक्त गरे ।

सम्बोधनका क्रममा उनले भने, ‘हामी यता वा उता ढल्किने गर्दैनौं’, प्रधानमन्त्रीले भने, ‘हाम्रा स्पष्ट नीतिहरु छन् ।

हामी पञ्चशील र पारस्परिक लाभ र स्वाभिमानका आधारमा, राष्ट्रिय हितलाई हेरेर अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्छौं । हामी कहीँ पनि शान्तिको पक्षमा छौं । समझदारीको पक्षमा छौं ।’

प्रतिकृया दिनुहोस

सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने  आबश्यकता – पूर्ब मन्त्री के सी 

नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर  खबरदारी गर्नुपर्ने आबश्यकता

सरकार नै संघीयता असफल बनाउन लाग्योः नेता राणा

नेपाली काग्रेसका युवा नेता उदय शमसेर राणाले बलत्कार पछि हत्या गरिएकी निर्मला पन्तको घटनामा सरकार आफैले पेट्रोल थप्ने काम गरेको बताउनुभएको छ ।

रामेछाप नगरलाई अब केहि वर्षमै पुष्पलाल नगर बनाइने ,मन्त्री ढुंगेल ।।

प्रदेश नं ३ का आर्थिक मामिला एवं योजना मन्त्रि कैलाश प्रसाद ढुँगेलले अब छिट्टै  रामेछाप नगरपालिकालाई पुष्पलाल नगरपालिका बनाइने बताउनु भएको छ ।