• ON AIRउकाली ओराली
  • UP NEXTनेपाल खबर

सिँचाई परियोजना समितिले आँखामा छारो हाल्ने काम गरेको स्थानीय नागरिकको गुनासो


रामेछाप उमाकुण्ड प्रीतिका स्थानीय नागरिकले सिँचाई परियोजना समितिले आफुहरुको आँखामा छारो हाल्ने काम गरेको बताएका छन।रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ४ चन्दीथानका तिलौरी खोला सामुदायिक सिँचाई परियोजनाले चन्दीथानका ५३ घरधुरीलाई तिलौरी खोलाको पानीबाट सिँचाई व्यवस्था गर्न रु ३ हजारका दरले पैसा उठाएर जेनेरेटर र पाइप ल्याए पनि १५ दिन नपुग्दै पाइप फुटेको प्रीति चन्दीथानका स्थानीय नागरिक कैलाश दर्जीले बताउनुभएको छ ।उहाँले भन्नुभयो सिँचाई परियोजना समितिले ल्याएको जेनेरेटर पनि पहिले नै प्रयोग भइसकेको र पाइप पनि प्लाष्टिकको काम चलाउँको लागि मात्र ल्याएको छ खेतमा पानी पुग्न नपाउँदै पाइप फुटेको छ हामीलाई देखाउनको लागि मात्र ल्याएको रहेछ । अर्का एक स्थानीय नागरिक लालबहादुर दर्जीले भन्नुभयो धान रोप्ने आशा त्यही पानीबाट थियो धानको ब्याडजस्तै हाम्रो आशा पनि मरेर गएको छ ।सिँचाई व्यवस्था गर्ने भनेर आशा मात्र देखाएको बताएको छ ।यता स्थानीयहरुबाट यस्तो गुनासो आइरहँदा तिलौरी खोला सामुदायिक सिँचाई परियोजनाका अध्यक्ष राजेन्द्र कुमार लामिछानेले भने आर्थिक अभाव हुदाँ प्लाष्टिकको पाइप ल्याएको र पानीको प्रेसरले गर्दा फुटेको बताउनुभएको छ ।उहाँले भन्नुभयो हामीले जसरी भएपनि पानी ल्याएर सिँचाईको व्यवस्था गर्न लागेका हौ तर कमसल सामान ल्याएको चाहिँ हैन ।उहाँले नागरिकबाट उठेको रकम वडाभेलामा वडाकार्यालयमा पेश विल पेश गरेको र वडाले फिर्ता गर्ने निर्णय भएको बताउनुभएको छ ।यता वडाध्यक्ष मान ब सुनुवारले के भएको हो भनेर बुझेर र वडा कार्यालयमा सही विल पेश गरेमा आ व ७५,०७६ को विनियोजित बजेट मार्फत दिने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

कम्प्युटर अपरटेरमा नयाँ भर्ना नलिइने, भएका पद पनि स्वतः खारेज

सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख छ । हाल विविध सेवा

छोरी(बुहारीलाई दक्ष बनाउन कम्प्युटर शिक्षा

वैशाख १८ । बैतडीको ग्रामिण क्षेत्रका छोरी(बुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरीबुहारीलाई कम्प्युटरको पहुँचमा पु¥याउन वातावरण

झापामा उच्च प्रविधियुक्त नर्सरी सञ्चालन

झापा, वैशाख १८ । झापाको मेचीनगरमा पहिलो पटक उच्च प्रविधियुक्त हाइटेक नर्सरी सञ्चालनमा ल्याइएको छ ।झापा, वैशाख १८ । झापाको मेचीनगरमा पहिलो पटक उच्च