• ON AIRमिलिजुली नेपाली
  • UP NEXTउकाली ओराली

एसईई परीक्षाको नतिजा प्रकाशित, जीपीए अनुसार यस्तो छ नजिता

 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहँदा सफ्टवेयर समस्या देखिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको थियो ।

नतिजा सार्वजनिकको निर्णय लिन अपरान्ह ४ बजे बोर्डको वैठक डाकिएको थियो ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ६३ हजार ६८९ परीक्षार्थी सहभागी भएका थिए ।

यस्तै प्राविधिक धारतर्फ ८ हजार ७३४ जना परीक्षार्थी सहभागी थिए ।

कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४ लाख ५१ हजार ५ सय ३२ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन् ।

यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन्। २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ४९ हजार ३७ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १.६ देखि २.०० जीपीएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन् ।

१.२५ देखि १.६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् । 

गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।

गत वर्षको एसईई परीक्षामा ७७ वटै जिल्लाका १ हजार ९ सय ५६ केन्द्रबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए ।

नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।

प्रतिकृया दिनुहोस

एसईई पास भएँ भनेर खुशि नहुनुहोस , ११ कक्षा पढ्न नपाइन पनि  सक्छ । 

 माध्यमिक शिक्षा परी।क्षा अर्थात एसईईमा ‘कोही पनि फेल नहुने’ प्रणाली लागू गरिए पनि ‘पास’ भएका भनिएका सवै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन

नर्सिङको पढाईका लागि विद्यार्थीको आकर्षण धेरै, काम पाउनभने मुस्किल ।। 

नर्सिङको पढाईप्रति विद्यार्थीको आकर्षण धेरै छ ।  नेपाल नर्सिङ परिषदका अनुसार नेपालमा बर्षेनि ५ देखि ७ हजारले नर्सिङको पढाई पूरा गर्छन् । अहिले

विद्यालय भवन पुनर्निर्माण

बाबियाचौर (म्याग्दी), २२ फागुन । गत वर्षको भूकम्पले भत्काएको म्याग्दीको भकिम्ली–२ मा रहेको मुसुङडोले आधारभूत विद्यालयको कक्षाकोठा भवन