• ON AIRविविसि नेपाली सेवा
  • UP NEXTदेउराली

बिपी राजमार्ग साईकल  चलाउन मात्र बनाएको बाटो भनिदिनुस् न हामी गाडि नै चलाउँदैनौ, प्रदेश ३ का अर्थ मन्त्रि ढुंगेल । 


बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउनु पाउनु पर्ने माग गर्दे ब्यवसायीहरु केहि दिनदेखि रामेछापको सदरमुकाम मन्थलीमा आन्दोलनमा सडकमा उत्रिए । सरकार आफुहरुको आन्दोलन प्रति गम्भीर नभएको भन्दै शसक्त आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । सिन्धुली प्रशासनले केहि जिल्लासंग मिलेर अघोषित नाकाबन्दी लगाएर रामेछापका जनतालाई ठुलो सास्ती दिदा पनि राज्य बेखबर रहेको व्यवसायीहरुको आरोप छ । जिल्लाको नागरिक,व्यवसायी र नागरिक समाजसस्थाले जिल्लाको सांसद मौन रहेर पनि यो समस्या तत्काल समाधान हुन नसकेको आरोप लगाएका छन । यसरी व्यावसायी र नागरिक समाज सस्थाहरुले आरोप लगाइरहदा जिल्लाको सांसद एवम प्रदेश ३ का अर्थमन्त्रिको तर्फबाट के पहल भइरहेको छ । रामेछापका सांसद एवम अर्थमन्त्रि कैलाश ढुंगेलसँग गरिएको कुराकानी  ........
१) रामेछापमा केहि  दिनदेखि रामेछापका  व्यवसायिकहरु आन्दोलनरत छन् रामेछापका वयवसायिहरुको आन्दोलन कतिको जायज छ ?
म रामेछापका व्यवसायिले गरेको आन्दोलनको पक्षमै छु । अब जाहेज नभएको भए म किन यसमा लाग्थँेर मैले सुरुवातमै रामेछापका व्यवसायिहरुसँग काठमाडौँमा बसेर सम्बन्धित निकाय ,,मन्त्रि ,सम्बन्धित मन्त्रालयको मन्त्रि रघुविर महासेटसँग बसेर सचिवसँग बसेर एउटा निक्यौल त  निकालेका थियौँ । हामीले त्यहाँका व्यसायिकहरु ,जनता आन्दोलित हुन सुरु हुदै थियो ,त्यसपछि केही समय पछि चाँही गाडिहरु अलिकति अप्ठयारो भए पनि चल्न लागेको थियो । पछि फेरि एकजना कुन चाँही वकिलले मुद्दा हाल्दिनु भएछ । यो सर्वोच्चमा पहिले भएको फैसला कार्याव्यन भएन् के के भएन् भनेर हाल्दिनु भयो । अब मन्त्रालयले ४ कि ५ पटक चाँही अध्ययन गरेर बाटोमा गाडि चल्न हुन्छ  हुदैन । ठुला गाडि हुन्छ हुदैन् भनेर पछिल्लो रिर्पोटमा एन्टल प¥याकल्स चाँही चल्न सक्छ भन्ने खालकोे रिर्पोट सहसचिवले गरेको रिर्पोट अनुसार चाँही गाडि चल्ने भनेको फेरि त्यो अदालतले अप्ठ्यारो पारेर निर्णय गरेको छ । अब त्यसको चाँही अदालतले माग गरेको खातापाता बोकेर मन्त्रालय अथवा अदालत जाने कार्यक्रम छल्दै छ । अब रामेछापेली व्यावसायिक जनताको  आन्दोलन प्रति के छ ?  भन्ने प्रश्न नै नभएन्र  मेरो पुर्ण समर्थन छ । 
२) अब यत्रो दिन भईसक्दा पनि फरक फरक प्रकृतिका आन्दोलन व्यावसायिकहरुले गरिरहेका छन् । व्यासायिकहरुले के आरोप लगाएका छन् भने ।  हाम्रो संसदहरुले केही पनि गरेन् भन्छन् नि व्यावसायिहरु ?
केही पनि गरेन् भने उहाँहरु आफैले गर्नुहुन्छ त्यसो भए । गर्दै आएको कुरा नदेखेपछि ।  हामी पनि त कुदेका छौ । अदालतको आदेशलाई त आर्मिले पनि हुदैन् प्रहरीले पनि हुदैन् अदालतको आदेश त मान्नुपर्यो नि । 
३) त्यसो भए अब वि पि राजमार्गका ठुला सवारी साधन चल्दैन् ?
अदालतको आदेशलाई मन्त्रालयले पेश गरेको कागज  बमोजिम बदल्न पनि सक्छ । चल्न नै सक्दैन भन्ने कुरा हाईन् । 
४) तपाई त रामेछाप जिल्लाको प्रदेश २ को संसद सँगै प्रदेश ३ को अर्थेमन्त्रि पनि हुनुहुन्छ । अब तपाईले पनि पहल गरिरहेबो छु भनेर भर्खरै भन्नु भयो ।  कि यहाँहरुको पनि मिलिमतो छ । सिन्धुली प्रशाासनसँग यस्तै भन्छन त व्यवसायिहरु ?
त्यो प्रशासनमा सोध्नु उसले बताउँला । त्यो त सिन्धुलीको प्रशासनलाई एकचोटि सोधि हेर्नुेन । 
५) ए , त्यस्तो भए यहाँहरुको त्यस्तो मिलिमतो केही छैन् । यहाँहरु निष्पक्ष ढङगले काम गदै हुनुहुन्छ । 
हे हामी निष्पक्ष ढंगले काम गरिरहेका छौ । हामी पनि चुप लागेर बसेका छैनौ ।  
६) अब के छ सर्वोच्चको आदेश पछाडि ठुला सवारी साधनहरु रोक्निुलाई यहाँले कसरी लिनु भाछ?
मैले त भन्ने ठाँउमा नि सर्वोच्चलाई नै औला उठाएर तपाईहरुको यो बाटोको नक्सा फोटो खिचेर सर्वोच्चमा टाँस्नुस् ,मन्त्रालयमा टाँस्नुस् फोटो खिच्न प्रयोग गर्नुुस् ,सेल्फी खिच्न प्रयोग गर्नुस् ,राजमार्गको नाम वि पि पनि नराख्नु मात्रै साईकल  चलाउन बनाएको बाटो भनिदिनुस् न हामी गाडि नै चलाउँदैनौ । भनेर कुस्ती खेल्ने मान्छे म कैलाश ढुङगेल अनि तपाई सोध्नुहुन्छ । प्रशाासनसँग मिलेमहत्व छ भनेर ।  
७) प्रशासनको पनि ठुलो धाँधली छ भन्छन् त व्यवसायिहरु चाँही ?
त्यो छ भने त व्यवसायिलाई सोध्नुप¥यो मलाई त्यो प्रश्न नसोध्नुस । 
८) व्यवसायिहरुको गुनासो के हो भने व्यवसायिहरुले चाँही दोलखा तिर जाने गाडिहरुलाई छोडिदिने । हाम्रो रामेछापमा छिर्ने गाडिहरु नछोड्नुको कारण चाँही के हो भनेर मन्थलीमा झडप पनि भयो  ?
मलाई त्यो छुट्याएर गरेको जस्तो लाग्दैन । यो प्राविधिक कुरा तिर नजाउ अदालतको आदेश नहुनुजेलसम्म अगााडि गाडिहरु चलेकै थिए  । कि  थिएनन ।। 
९) यसो भए केही छैन् प्रशासनको बिचमा यो सर्वोच्चले गरेको आदेश हो ?
अदालतले निर्णय गर्नुभन्दा अगाडि दोलखालाई र रामेछापलाई गाडि छोड्यो हैन् त । अब अदालतले  रोके पछि दोलखामन केही गाडिहरु छोड्यो भन्ने हल्ला आयो । रामेछापलाई चाँही रोक्ने दोलखा चाहि गाडि छोड्ने प्रशाासनले त्यस्तो गेर जस्तो मलाई लाग्दैन् । 
१०) उसो भए मानननिय ज्यु , व्यवसायिहरुको  आन्दोलन कहिले सम्म ?
अदालतको निर्णय नआउन जेल सम्म 
११) निर्णय चाँही कहिले आउँछ ?
अदालतको निर्णय मैले बोल्न सक्दिन हजुर । 
१२) यहाँहरु त संसाद हुनुहुन्छ । जनताहरुले जितेर पठाए केही त  भएका पहलहरु  सुनुवाइ हुन्छहोला नि ?
संसाद भएपनि अदालतको निर्णयलाई संसादले के गर्न सक्छ ।।
१३) अब यहाँहरु पनि लागि पर्नु भएको छ  मन्त्रि ज्यु । केही दिन भित्रमा चाँही सर्वोच्चले जुन आदेश ग¥यो । यि आदेश चाँही फिर्ता हुन सक्ने सम्भावना छ  भनेर बुझँदा हुन्छ ।
अब  मन्त्रालयमा डकुमेन्ट लिएर हामी धाएको धाएकै छौ ।  अब  सर्वोच्चले नै फैसला गरेको कुरा ।  रामेछापमा सहज रुपमा गाडि चल्न पाउनुपर्छ यो मेरो मुदद हो । यो मुद्दामा म लाग्छु  । मेरो निर्वोचन क्षेत्र  पनि हो । मेरो  जिल्ला मेरो जन्म घर पनि भएको हुनाले जनताको पक्षमा म सधै लाग्छु । अहिले म त बजेट बनाउँदै छु । बजेट पास गरेर म छिट्टै रामेछापवासीलाई  भेट्न रामेछाप आउँछु । 

   

प्रतिकृया दिनुहोस

बिपी राजमार्गमा ठूला सवारी साधन चलाउन पहल भइरहेको रामेछापका सांसद श्रेष्ठको भनाई ।।

  बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउनु पाउनु पर्ने माग गर्दे ब्यवसायीहरु केहि दिनदेखि रामेछापको सदरमुकाम मन्थलीमा

स्थानीय तह मार्फत सञ्चालन हुने विपद् व्यवस्थापन कार्यक्रम लाई प्रभावकारी कसरी वनाउन सकिन्छ । छलफल

स्थानीय तह मार्फत सञ्चालन हुने विपद् व्यवस्थापन कार्यक्रम लाई प्रभावकारी रुपमा अगाडि बढाउन स्थानीय तह आमसञ्चार माध्यम,नागरिक समाज सँस्था र

कांग्रेसमा तत्काल नीति र नेतृत्व परिवर्तन जरुरी छ स् प्रदिप पौडेल

वैशाख २० । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय भोगेपछि पार्टीभीत्र विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् ।