• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

                      मैले देखेको  रामेछाप ।।।

                       
रामेछाप ताते कै हो
समृद्धिका लागि कुरा राखे कै हो
भोलिको खुसी र आनन्द पाउन
नमूना सहर बनाउन लागे कै हो ।
केहि पाउन खोज्नै पर्छ
मेहनत गरेमा मोतिपनि झर्छ
आफ्नो ठाउं बनाउन युवा अव फर्क
आवाज विकासको छ त्यहां छैन अरु बितर्क ।
हिजो जसरी बित्यो भोली खुसी आउंछ
हाम्रा गाउंघरहरुमा समृद्धिले छाउंछ
हरिया पाखामा हरिण कुद्ने छन् 
बिकृती र बिसङ्गती बिरुद्ध सबै जुध्ने छन् ।
सबै नजुटे विकास बन्दैन
कर्तब्य मेरो हो नआउ भन्दैन
सबैको मुहारमा हांसो छाउनु पर्छ
तिर्खा आफैंले खोला धाउनु पर्छ ।
हातेमालो हाम्रो चाहना हो
गुड्डी हांक्दै सन्देहगर्नु नगर्ने बहाना हो 
डुङ्गा र माटो एक संग अर्कोको भर हुन्छ
मुल्य र मान्यता हाम्रा मनमा कहिले छुन्छ ?
त्यसैले यहां रामको छाप छ 
मर्यादाको सीमा तोड्न पाइन्न त्यहां सत्यताको राप छ 
यो नगर नबने सम्म कसैले पनि छोड्न पाइन्न
बिचलित बनाउन खोजे हिरामोती दिएपनि हामीलाई  चाहिन्न ।।

                                                                                    –जीवनाथ पोखरेल


 

प्रतिकृया दिनुहोस

धुलै धुलोले भरिएको रामेछाप बजार ।। 

बिहान १० बजे कार्यलय जाने समयमा अधिकांस ब्याक्तिहरु माक्स लगाएर हिडछ्न । मोटरसाइकल सार्वजनिक  यातायातका यात्रुहरुलाइ पनि उस्तै सास्ती हुन्छ ।

 यस्तै छ रामेछाप

              रामेछापले देशका सपूतहरु जन्माएको छ तामाकोशीको पबित्र जलले सिंचन गरेर वरिपरि हिमाल,पहाड र भित्री मधेशका जिल्लाहरु समेट्दै अशल

हाम्रो रामेछापको चिनारी ।

  प्राण भन्दा प्यारो ,, हाम्रो रामेछाप जिल्ला । ईतिहासले भन्छ अाज,,तिनलालकाे किल्ला । स्वच्छ हावा स्वच्छ पानी ,,हाम्रो रामेछापको । जुनार धेरै