• ON AIRविविसि नेपाली सेवा
  • UP NEXTदेउराली

बिपी राजमार्गमा ठूला सवारी साधन चलाउन पहल भइरहेको रामेछापका सांसद श्रेष्ठको भनाई ।।

 

बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउनु पाउनु पर्ने माग गर्दे ब्यवसायीहरु केहि दिनदेखि रामेछापको सदरमुकाम मन्थलीमा आन्दोलनमा  सडकमा उत्रिएका छन् । सरकार आफुहरुको आन्दोलन प्रति गम्भीर नभएको भन्दै शसक्त आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । सिन्धुली प्रशासनले केहि जिल्लासंग मिलेर अघोषित नाकाबन्दी लगाए रामेछापका जनतालाई ठुलो सास्ती दिदा पनि राज्य बेखबर रहेको व्यवसायीहरुको आरोप  छ । जिल्लाको नागरिक,व्यवसायी र नागरिक समाजसस्थाले जिल्लाको सांसद मौन रहेर पनि यो समस्या तत्काल समाधान हुन नसकेको आरोप लगाएका छन ्।
यसरी व्यावसायी र नागरिक समाज सस्थाले आरोप लगाइरहदा जिल्लाको सांसदको तर्फबाट के पहल भइरहेको छ,रामेछाप जिल्लाका मानणीय सांसद श्यामकुमार श्रेष्ठसँग हजुरको समाचारमा गरिएको कुराकानी ।
यहाँहरु अहिले सरकारमा हुनुहुन्छ यहाँ घोषित, अघोषित रुपमा मालवाहक गाडी चलाउन नदिएको धेरै भइसक्यो यो समस्या समाधान हुन चाँही किन सकेन ? 
हो समाधान हुनुपर्छ ।छिटो भन्दा छिटो यसलाई हाम्रो तर्फबाट हामीले सम्बन्धित निकायसँग हाम्रो आफ्नो तर्फबाट हामीले छलफल चलाएका छौ । यसलाई छिटो भन्दा छिटो सफल बनाउने छौ । यो स्थायी समाधानको बाटो नै एकमात्र विकल्प छ । 
तर सदरमुकाम मन्थलीमा आज आन्दोलन भएको सातौ दिन भईसकेको छ । यदि तपाईहरुले यसबारेमा पहल गरिराख्नु भएको छ भने यो आन्दोलन कति दिनसम्म पुग्दा चाँही तपाईहरुले पहल गरिसकेर त्यो समस्या  चाँही समाधान हुन्छ ?
हैन कतिपय कुराहरु कस्ता हुन्छन् भने अब अहिले यो सर्वोच्च अदालतले जुन प्रकारको अब कार्य पेश ग¥यो प्रतिकारात्मक रुपले हेर्नुहुन्छ भने झन् जटिल बनेर गएको छ । देशमा अरु पुर्व पश्चिम सबैतिरका सडकखण्डहरुमा मालवाहक सवारी साधनहरु सञ्चालनमा छन् ।तर रामेछापमै चाँहि किन बन्द गर्नेुप¥यो भन्ने सन्दर्भमा त्यो एउटा गम्भीरता पुर्वक यो विषय वस्तुहरु उठान भएकै छ । यसलाई स्थायी समाधान संवादका माध्यमबाट हुन्छ । संवादका माध्यमबाट समाधान नभए सङघर्र्षैे  गर्नुपर्ने हुन्छ ।व्यवसायिक साथीहरु त्यहाँका नागरिक समाज लगाएत आम पब्लिकले पनि बेठीक भयो भन्ने कुरा थियो दैनिक जीवन असाध्यै कष्ठकर भईरहेको छ । त्यसैले हामीले के भनेका छौ भने सरकारले एक सन्दर्भमा कार्यपालिकाले एउटा निर्णय गर्ने अनि व्यवस्थापिकाले अर्को निर्णय एकपछि अर्को हुदै जाने हो भने त  यो घोषित अघोषित भएन कि अब घोषित रुपमा के थियो भने यसलाई अलि अर्को ढङगैबाट सोचेको होकि भन्ने हामीले कुराकानी गरेका छौ । यसैले  हामी समाधानमा पुग्छौ भनेर जवाफ पाईयो तर के छ भने समाधान नभए संवाद र सङघर्ष त सँग सँगै जान्छ त्यसैले अब अवस्थाकोे बारेमा कुराकानी गरेका छौ ।  
दोलखाको मालवाहक गाडि चाँही बर्दिबासबाट नै चल्न दिने तर रामेछापको चाँही चल्न दिएन् भन्ने रामेछाप जिल्लाको व्यावसायीहरुको आरोप छ ?
अब यस सन्दर्भमा दोलखामा यदि काठमाडौँ हुदै गएको छ भने चाँही जान सक्छ ।अब रामेछापको हकमा दोलखामा जाने गाडि रामेछापको रोड भएर लानि मालबाहक साधनहरु सञ्चालनमा रहेको छन्,यहाँबाट समानहरु ओसार पोसार भईरहेको छ,यस्तो हुनु नपर्ने हो । यहाँ छलफल गर्दा हाम्रो आफ्नो जिज्ञासाहरु मात्र राखेका होईन्। हामीले उही प्रकृतिका सडकहरुमा अन्त गाडि गुड्न मिल्ने मालबाहक साधनहरुको सञ्चालन भएको छ ।निर्वाहत रुपमा यातायात साधनहरु चाँहि चलिरहेको छन् । रामेछापको सडक पनि राज्य र सरकारले नै बनाएको हो देश व्यापि रुपमा रहेको देशभरका पुर्व, पश्चिम ,उत्तर दक्षिण जति पनि सडकहरुमा मालबाहक साधनहरु गुडिराखेका छन् । ति सबै सडकहरु राज्यले नै बनाएको हो राज्यले कतै चाँही उही मापदण्डमा निर्माण भएका सडकहरुमा निर्वाहत रुपमा यातायातका साधनहरु गुडिरहेको छ । अब उही प्रकृतिकको निर्माण भएको सडकहरुमा रोक लगाएको छ यो निहेतमा त्यति राम्रो देखिएन् भनेर कन्सन गर्दा जुन जुन संस्थाहरु छन् र  विभागहरु पनि छन अथवा मन्त्रालय मन्त्रि समेतको कुरा हुनुपर्छ  ।  
अहिले के भईरहेको छ भने एकातिर सामानको अभाव अर्को तिर चर्को मुल्य वृद्धिमा आम नागरिक मार्रमा परेका छन् । यहाँ जति पनि नागरिक समाजमा संस्थाहरु छन् । अथवा आम नागरिकले पनि जिल्ला सांसदहरु मौन बसेर हाम्रो समस्या समाधान नभएको भन्ने कुरा छन् अर्को तर्फ तपाईहरुले पहल गरिरहेका छौ भन्ने कुरा आएको छ कहिले चाहिँ यो समस्याको ठ्याक्कै समाधान हुन्छ ?
स्थानिय समाधान दिनुपर्छ भनेर हामीले भनेका छौ यो भर्खरैको कुरा अब १ महिना लगभग हुन लाग्यो र अब यो त्यस्तै अवस्था रहन हुदैन् जस्तो मुल्यवृद्धिको कुरा यदि केही कुनै पनि ठाँउमा सामानहरु छैन् समान नभए पछि मुल्यवृद्दि कुरा त भएन् त्यसैले यो मौकामा चौका हान्नुपर्छ भनेर ठानेको छ भन्ने त्यो गलत हुन्छ । यदि त्यस्तो भेटिएको भने त्यो राम्रो र फलदायिक खालको कुरा हुन सक्दैन ।सबै प्रति म एक पटक के आग्रह गर्न चाहान्छु भने हामी अहिले सङघर्ष ,संवादमा पनि छ । हामीले पटक पटक संवादका माध्यमबाट छलफल गरेर हुन्छ भने अरु किन गर्ने भन्ने हिसाबले सोचेका छौ ।हामी कहाँ मौन बसेका छौ रु सांसदहरु मौन बस्यो भन्ने कुरा त हाईन हामीले विगत देखि नै यस सन्दर्भमा आवाजहरु पनि उठाईराखेका छौ । सम्बन्धित ठाँउमा पनि भनिरहेका छौ । 
तपाईहरुले जति पनि वार्ता गरिरहनु भएको छ,छलफल गरिहनुभएको छ समस्या त अझै पनि यस्तो हुदाँ खेरी जिउँका तिउँछन तपाईहरुले गरिहनुभएको वार्ता ठक्कै ठोस निर्णयमा अथवा स्थायी समस्या समाधान हुन नसकेको किन हो ?
यो स्थायी समस्या समाधान हुनको कारण कुनै न कुनै ढङगबाट यो अर्को ढङगको सिन्डिकेटकै एउटा स्थिति हो । अब रामेछापको सडक सिन्धुली रामेछापको सडकमा अब गुड्न पाउँदैन भनिन्छ  यो सिन्डिकेट हो अब सिन्डिकेटलाई तोड्न निम्ति लाग्नुपर्छ ।हामी निरन्तर लागिरहेको छौ अव छिट्ै समस्या समाधान हुन्छ ।
र अन्तिममा के भन्नुहुन्छ ?
अब सम्पुर्ण व्यवसायीक साथीहरुलाई सम्पुर्ण रामेछाप बासी नागरिकहरुलाई हामीले आफ्नो तर्फबाट आन्दोलन ,आवाज, अधिकारका निम्ति पहल प्रक्रियालाई अगाडि बढाएका छौ । सिङगो रामेछाप जिल्लाको प्रतिनिधि सभाको सदस्य हुनुको हैसियतले तपाईहरुको आन्दोलन अथवा सङघर्षमा सधैभरी तपाईहरुको साथ रहने छु र यो समस्या समाधान गर्नेका निम्ति थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।       

प्रतिकृया दिनुहोस

बिपी राजमार्ग साईकल  चलाउन मात्र बनाएको बाटो भनिदिनुस् न हामी गाडि नै चलाउँदैनौ, प्रदेश ३ का अर्थ मन्त्रि ढुंगेल । 

बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउनु पाउनु पर्ने माग गर्दे ब्यवसायीहरु केहि दिनदेखि रामेछापको सदरमुकाम मन्थलीमा

स्थानीय तह मार्फत सञ्चालन हुने विपद् व्यवस्थापन कार्यक्रम लाई प्रभावकारी कसरी वनाउन सकिन्छ । छलफल

स्थानीय तह मार्फत सञ्चालन हुने विपद् व्यवस्थापन कार्यक्रम लाई प्रभावकारी रुपमा अगाडि बढाउन स्थानीय तह आमसञ्चार माध्यम,नागरिक समाज सँस्था र

कांग्रेसमा तत्काल नीति र नेतृत्व परिवर्तन जरुरी छ स् प्रदिप पौडेल

वैशाख २० । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय भोगेपछि पार्टीभीत्र विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् ।