• ON AIRनेपाली खवर
  • UP NEXTसि आई एन समाचार

प्रदेश तीनले ल्यायो ३५ अर्ब ६१ करोडको बजेट

 

  प्रदेश नम्बर ३ को सरकारले आगामी आर्थिक वर्ष ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ ।

तीन नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सभा भवनमा बजेट प्रस्तुत गर्नुभएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केन्द्रित भएर यो बजेट ल्याएको हो । प्रदेश सरकारले आफ्नो १३ वटै जिल्लाका १ सय १९ वटा स्थानीय तहलाई बिभिन्न अनुदान शीर्षकमा ५ अर्ब २८ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

संघीय सरकारले सशर्त अनुदानका रुपमा उपलब्ध गराएको १० अर्ब ६१ करोड ५६ लाखलाई समेत आम्दानीमा समेटेर सम्बन्धित मन्त्रालयको खर्च शीर्षकमा विनियोजन गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार निर्माणका लागि ७ अर्ब ७७ करोड विनियोजित गरिएको छ ।

प्रदेश सरकारले प्रदेशको पहिचान, नागरिकलाई निःशुल्क कानुनी सहायता अभियानलाई पनि कम्तीमा एक स्थानीय तहमा एक जना कानुनी सहायता कार्यकर्ताको व्यवस्था गरिने उल्लेख  छ ।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र विविधीकरण कार्यक्रम अन्तरगत एक जिल्ला एक चिस्यान केन्द्रको स्थापना गरिने प्रदेश सरकारले लक्ष्य लिएको छ ।  

प्रतिकृया दिनुहोस

तामाकोशीको आईपिओ कात्तिक अन्तिम साता, स्थानीयको दशैँपछि बाँडफाँड

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड

भलुवाजोर जनहितकारी समाजको ८ औँ साधारणसभा सम्पन्न

भलुवाजोर जनहितकारी समाजले ८ औँ साधारणसभा सम्पन्न गरेको छ । राजधानीको टेष्टी क्याफेमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय युवा परिषद्का कार्यकारी

निर्माण कम्पनी बाहिरिएपछि पश्चिम सेती परियोजनाको भविष्य अन्योलमा

    बहुचर्चित जलविद्युत परियोजना पश्चिम सेती नबन्ने चर्चासँगै पश्चिम सेती आसपासका जनताले सपना देख्न छोडेका छन् । २०३४ सालदेखि चर्चामा आएको