• ON AIRमिलिजुली नेपाली
  • UP NEXTबदलिदो नेपाल

परमाणु निःशस्त्रीकरण गर्ने अमेरिकी आशा

 

 अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आगामी साढे २ वर्षभित्रै उत्तरकोरियाले ठूलो मात्रामा परमाणु निःशस्त्रीकरण गर्ने आशा व्यक्त गरेका छन् । 

दक्षिण कोरियाको भ्रमणमा रहेको अमेरिकी विदेशमन्त्री पोम्पियोे उत्तर कोरियासँगै अझै ठूलो सम्झौता हुन बाँकी नै रहेको बताए ।

उनले अमेरिकाले सन् २०२० सम्म ठूलो मात्रामा परमाणु हतिथार नष्ट गर्नुपर्ने बताए । यो काम साढे २ वर्षमा गर्न सम्भव रहेको उहाँको भनाइ थियो ।

अमेरिकी विदेशमन्त्रीको यो टिप्पणी सिंगापुरमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको ऐतिहासिक वार्ता भएको एक दिनपछि आएको हो ।

सिंगापुरमा भएको दुई नेताबीचको ऐतिहासिक वार्तामा कोरियाली प्रायःद्वीपलाई परमाणु हतियार मुक्त गर्ने दिशामा अघि बढ्ने सहमति भएको थियो ।

तर उत्तर कोरियाले कहिले र कसरी आफू निशस्त्रीकरण हुने भन्ने खुलाएको छैन । यसैलाई लिएर दुई नेताबीच भएको सम्झौताको आलोचनासमेत हुने गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने उत्तर कोरियासँग भएको सहमतिपछि अब परमाणु खतरा नरहेको र सबै जना सुरक्षित भएको महसुस गरेको प्रतिक्रिया दिएका थिए । (एजेन्सी)

प्रतिकृया दिनुहोस

जुवाडे पतिको कर्तुत : जुवामा हारेपछि सुम्पिदिए पत्नी

भारतको ओडिसामा विचित्रको घटना प्रकाशमा आएको छ । एक जुवाडे पतिले जुवामा आफ्नै पत्नी दाउमा राख्दा हारेपछि आफैंले पत्नीको साडी फुकालिदिएर कथित रुपमा

आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक

फेसबुक संस्थापकले मागे यूरोपेली सांसदसँग माफी

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यूरोपेली सांसदहरुसँग माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले