• ON AIRमिलिजुली नेपाली
  • UP NEXTबदलिदो नेपाल

विश्वकप फुटबलको आज भब्य उदघाटन, पहिलो खेलमा रुस र साउदी अरेबिया भिड्ने

 

जेठ ३१ । विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा सुरु हुँदैछ ।

नेपाली समयअनुसार आज वेलुकी सवा ८ बजे रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उद्घाटन समारोह आयोजना हुनेछ ।

उक्त समारोहलाई रुसी राष्ट्रपचि भ्लादिमिर पुटिन, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी ईन्फान्टीनो लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

आधा घण्टासम्म चल्ने उद्घाटन समारोहमा विश्व फुटबलका हस्तीहरू डिएगो म्यारोडाना, जिको लगायतको उपस्थिति रहनेछ ।

उद्घाटन समारोहमा बेलायती गायक रोबी विलियम्स, रुसी गायिका सोप्रानोलगायतले प्रस्तुती दिँदा ५ सयभन्दा बढी डान्सर र जिमन्यास्टहरूले आफ्नो कला देखाउनेछन् ।

रुसमा विश्वकप सुरु हुनै लाग्दा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । विश्वभर हुल्याहा समर्थकको छबी बनाएका रुसी समर्थकहरुलाई नियन्त्रण गर्नु रुसी आयोजकको मुख्य चुनौती हुनेछ ।

त्यसबाहेक पछिल्लो समय युरोपका भिडभाडयुक्त ठाँउलाई निशाना बनाउदै आएका आतंकवादी संभावित आक्रमण निस्तेज पार्नु रुसी सुरक्षा संयन्त्रको अर्को मुख्य चुनौती हुनेछ ।

उद्घाटन समारोहमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने बताइएको छ । जहाँ ब्राजिलबाट दुईपटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि देखिनेछन् ।

उद्घाटन समारोहमा लुजिन्स्की रंगशालामा ८० हजार दर्शक उपस्थित हुने आयोजको दाबी छ । रंगाशालाको दर्शक क्षमता ८१ हजारको रहेको छ । यही रंगशालामा जुलाई १५ तारिखमा विश्वपको फाइनल खेल हुनेछ ।

रुसको च्यानल वानले उद्घाटन समारोहको व्यवस्थापन तथा उत्पादन गर्नेछ । जसका निर्देशक फेलिक्स मिखाइलो हुन् ।

उनले नै २०१८ को ‘फिफा विश्वकप जर्नी’ को कार्यक्रम निर्देशन गरेका हुन् । जुन २०१५ को प्रारम्भिक ‘ड्र’ बाट सुरु भएको रुसी विश्वकपको यात्रा १५ जुलाईमा सकिनेछ । विश्वकपका विभिन्न ६४ खेल रुसमा ११ सहरका १२ रंगशालामा हुनेछ ।

उद्घाटन खेलमा आज आयोजक रुसले साउदी अरेबियासँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार आज वेलुकी पौने ९ वजे मस्कोस्थित लजिन्स्की रंगशालामा हुनेछ । 

रुसले पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन । उसले अन्तिम पटक गत अक्टोबरमा दक्षिण कोरियालाई हराएको थियो ।

यस्तै साउदी अरेबिया पनि पछिल्ला ३ खेलमा लगातार पराजित भएको थियो । साउदीलाई पछिल्ला ३ मैत्रीपूर्ण खेलमा इटाली, पेरु र विश्वकपको साविक विजेता जर्मनीले पराजित गरेका थिए ।

रुसले एसियासी भूमिमा भएको २००२ को विश्वकप पछि खेलेका विश्वकपका सवै खेल गुमाएको छ ।

साउदीले सन् १९९४ मा अमेरिकालाई हराए यता विश्वकपमा जित हात पार्न सकेको छैन । रुस र साउदी अरेबिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन् ।

विश्वकप फुटबलको इतिहासमा उद्घाटन खेलमा अहिलेसम्म कुनै पनि आयोजक टिम पराजित भएको छैन ।

२१ संस्करणका २२ आयोजक टिम मध्ये १५ टिमले पहिलो खेलमा जित हात पारेका छन् भने ६ टिम बराबरीमा रोकिएका छन् ।

प्रतिकृया दिनुहोस

बिपी राजमार्ग साईकल  चलाउन मात्र बनाएको बाटो भनिदिनुस् न हामी गाडि नै चलाउँदैनौ, प्रदेश ३ का अर्थ मन्त्रि ढुंगेल । 

बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउनु पाउनु पर्ने माग गर्दे ब्यवसायीहरु केहि दिनदेखि रामेछापको सदरमुकाम मन्थलीमा

रामेछापमा सामीको जिल्ला स्तरीय अनुगमन

सागर बिक्रम बस्नेत  सुरक्षित अप्रबासन परियोजना सामी रामेछापले जिल्ला परियोजना समन्वय समितिबाट कार्यक्रमको अनुगमन सम्पन्न गरेको छ । सुरक्षित

रामेछापमा सामीको जिल्ला स्तरीय अनुगमन

सागर बिक्रम बस्नेत रामेछाप ।।  सुरक्षित अप्रबासन परियोजना सामी रामेछापले जिल्ला परियोजना समन्वय समितिबाट कार्यक्रमको अनुगमन सम्पन्न गरेको छ ।