• ON AIR
  • UP NEXTहजुरको खवर

मेलम्ची खानेपानि आयोजनाको सिन्धु अडिट मार्गमा अवरोध, सुरुङ निमार्ण कार्यले स्थानियहरुलाई दैनिकि चलाउन समेत समस्या, ठेकेदारलाई फेरी म्याद थपियो ।।


किरण थापा सिन्धुपाल्चोक ।। काठमाडौं बासीको प्यास मेटाउने आसा बोकेको मेलम्ची खानेपानि आयोजनाको सिन्धु अडिट मार्गमा सुरुङ निमार्णकार्यले अहिले स्थानियहरुलाई दैनिकि चलाउन समेत समस्या भएको छ । बिगतमा बिभिन्न सहमतीहरु भएपनि सहमती अनुसार आयोजनाले एउटा पनि काम नभएको भन्दै हिजोबाट माग पुरा नहुन्जेल सम्मकालागी स्थानीयले सिन्धु साइटको काम ठप्प पारेका छन् । हिजो देखी सुरु गरेको बिरोध कार्यक्रम आफूहरुको माग पुरा नहुन्जेल सम्म रहने स्थानीयले बताएकाछन् । पटक पटक ताकेता गर्दा समेत आश्वासन मात्रै देखाउने र काम भने नगर्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।  सुरुङ निमार्ण कार्यले खानेपानिको मुहान सुकेको छ । पहिला गाउँमा पर्याप्त मात्रामा पानि भएकोमा अहिले खानेपानि लिन समेत करिब आधि घण्टा टाढा हिँड्न पर्ने भन्दै स्थानियले दुखेसो गरेका छन् । निर्माण कम्पनीलाई सम्झौता अनुसार काम गर्न पटक पटक भने पनि हुन्छ र गछौँ भनेर मात्रै टार्ने गरेको ले यसपटक पनि फेरी आन्दोलनमा उत्रन परेको प्रभाबित स्थानियको भनाइ छ  । यस्ता आन्दोलन र सम्झौता धेरै पटक गरेको र योपटक भने सम्झौता अनुसार काम नभए सम्म आन्दोलन जारी राख्ने सिन्धु सरोकार समितिका अध्यक्ष कुमारि तामाङ  जानकारि दिनुभयो । मेलम्ची खानेपानिको सुरुङ निमार्णको कार्य भइरहँदा स्थानियबासिहरु भने प्रत्यक्ष प्रभाबित बनेका छन् । बिगतमा भएका सम्झौताहरु कार्यन्वयन नहुँदा अहिले स्थानीयमा बिभिन्न समस्याहरु उत्पन्न भइरहेका छन् । सुरुङ निमार्ण कार्यले खानेपानिको मुहान सुकेको छ । पहिला गाउँमा पर्याप्त मात्रामा पानि भएकोमा अहिले खानेपानि लिन समेत करिब आधि घण्टा टाढा हिँड्न पर्ने अवस्था आएका तालामाराङ्ग हिरामाया तामाङको गुनासो रहेको छ । यो भन्दा अघि भएका सहमतीहरुमा स्थानिय युवालाइ रोजगारिमा प्राथमिकता दिइने, काम गर्दा गर्दै मृत्युहुनेहरुलाई उचित क्षतिपूर्ती दिने लगाएतको सहमति भएपनि अहिले सम्म सहमति अनुसार कुनै काम नभएको थकनिका प्रभाबित नेत्र बहादुर तामाङको भनाई रहेको छ ।  सुरुङ निमार्णले गर्दा हेलम्बुका बिभिन्न स्थानका नागरीकरुमा पनि असर परेका छन् । खानेपानिको मुहान सुक्नुका साथै सुरुङ निमार्णमा प्रयोग हुने बिभिन्न केमिकलहरुको कारणले गर्दा खोलामा रहेका जलचर प्राण्ीहरु समेत मर्ने गरेका छन् । सुरुङ निमार्ण कम्पनि अmअ ले सम्झौता अनुसार काम नगरेको र यस्ले गर्दा करिब हेलम्बुका बिभिन्न गाउँका ३५० भन्दा धेरै घरधुरिहरु प्रभाबित भएको हेलम्बु गाँउपालिका ५ नम्बर वडाका बडा अध्यक्ष हर्क बहादुर तामाङले जानकारी दिनुभएको छ । 
 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २