• ON AIRबदलिदो नेपाल
  • UP NEXTहजुरको समाचार

विपि राजमार्गमा लगाइएको सिन्डिकेट विरुद्ध रामेछाप नगरका उद्योगी व्यवायीहरु पनि आन्दोलित ।। 


रामेछाप नगपालिकाका उद्योगी व्यवसायीहरु पनि  विपि राजमार्गमा ढुवानीको साधन गुडाउन रोक लगाएपछि आन्दोलित भएका छन् । व्यवसायीहरुले आज रामेछाप बजारमा शान्तिपुर्ण र्यालि निकालि १ घण्टा आ आफनो व्यवसायहर बन्द गरेका छन । उधोग वाणिज्य संघ रामेछाप नगरका अध्यक्ष शम्भु कुमार श्रेष्ठको नेतृत्वमा व्यवसायीहरुले रामेछापको कारगार चोक देखि हस्पिटल रोड हुदै रामेछाप नगरपालिका अगाडिसम्म शान्ति पुर्ण र्याली निकालेका हुन ।

विपिमार्गमा १० टन क्षमता भन्दा माथिका ढुवानीका साधन गुड्न प्रतिवन्ध लगाएपछि रामेछापमा आउने दैनिक उपभोग्य तथा निर्माण सामाग्रिमा अभाव भएको छ । जिल्लामा नुन, तेल लगायतका सामाग्रिहरु समेत अभाव भएको उद्योग वाणिज्य संघ रामेछाप नगरका अध्यक्ष शुम्भु श्रेष्ठले बताउनुभयो ।  याताया नखुलेसम्म आन्दोलनका कार्यक्रमहरु  जारी रहेन पनि श्रेष्ठको भनाइ छ ।  

प्रतिकृया दिनुहोस

राष्टिय सम्पदा सुचिमा सुचिकृत केवलेश्वर मन्दिर ओझेलमा ।।

रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक स्थल केवलेश्वर मन्दिर संरक्षणको अभावमा ओझेलमा परेको छ । रामेछाप जिल्लाको धार्मिक स्थलको रुपमा परिचित धेरै वर्ष

रेबिजको महामारीको आशंका गर्दै जिल्ला स्वास्थ्य कार्यालयमा सहयोगको याचना 

आफ्नै घरमा पालेको कुकुरका कारण महामारी फैलन सक्ने आशंका गर्दै रामेछाप नगरपालिका वडा नं ७ का उद्धब कुमार श्रेष्ठले जिल्ला जनस्वास्थ कार्यालय

रामेछापको ठोसेमा दाउराले हानेर भाइले गरे दाइको हत्या । 

घरायसी झैझगडामा दाउराले हानेर भाइले दाइको हत्या गरेका छन् ।  जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गोकुलगंगा गाउँपालिका वडा नम्बर –२, ठोसेको भित्तरी