• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

विपि राजमार्गमा ठुला सवारी साधन चलाउन पाउनु पर्ने माग गर्दै रामेछापका उद्योगी व्यवायी आन्दोलित ।। 


रामेछाप जिल्लाका उद्योगी व्यवसायीहरु विपिमार्गमा ढुवानीको साधन गुडाउन रोक लगाएपछि आन्दोलित भएका छन् । व्यवसायीहरुले मंलबारबाट जिल्लामा कुनै पनि सामान नभित्र्याउने निर्णय सहित आन्दोलनमा जाने घोषणा गरेका हन् । विपिमार्गमा १० टन क्षमता भन्दा माथिका ढुवानीका साधन गुड्न प्रतिवन्ध लगाएपछि व्यवसायीहरुले केही दिन टयक्टरबाट सामान वसारेका थिए । ट्याक्टरबाट सामान ओसार्दा माग अनुसारको सामान आपुर्ति गर्न नसकिएको तथा धेरै साधनहरु सडकमा गुड्दा दुर्घटनाको खतरा अझ बढेकोले सामान ढुवानी बन्द गरिएको संघका कार्यवाहाक अध्यक्ष केशव घिमिरेले जानकारी दिए ।

ढुवानीका साधनमा प्रतिवन्ध लगाएपछि रामेछापमा आउने दैनिक उपभोग्य तथा निर्माण सामाग्रिका अभाव भएको छ । जिल्लामा नुन, तेल लगायतका सामाग्रिहरु समेत अभाव भएको रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन कठायतले बताए । याताया नखुलेसम्म आन्दोलनका कार्यक्रम जारी रहेन पनि संघले जनाएको छ । सोही कार्यक्रम अन्तर्गत मंगलबार व्यवसायीहरुले मन्थली बजारमा विरोध जुलुश आयोजना गरेका थिए । यसैगरी बुधबार  विहान ९ बजेदेखि ११ बजेसम्म व्यवसाय बन्द गर्ने, विहिबार बाइकमा सामान बोकेर साँकेतिक विरोध गर्ने, शुक्रबार डोकोमा सामान बोकेर प्रदर्शन गर्ने तथा शनिबार सिठी जुलुस गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ । त्यस पछि अन्य आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष श्याम थापाले  जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी