• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

महाभारतकी कुन्ती(२३


वैशाख २० । (हरिविनोद अधिकारी  अश्वमेध यज्ञको आवश्यकता थियो कि थिएन भन्ने बहस युधिष्ठिरको दरबारमा भएको थियो क्यार । तर मसँग युधिष्ठिरको कुरा जहिले पनि साँझमा हुन्थ्यो । म उसका लागि आमा, सल्लाहकार, राजमाता, जे भने पनि सुटुक्क आएर आफ्ना मनका कुरा भन्ने, मनमा उठेका तनावको र तरङ्गको एउटा लेखाजोखा गर्ने साथी नै थिएँ । म कम बोल्थें तर सबै कुरा धैर्यताका साथ सुन्थें ।
अश्वमेध यज्ञको आवश्यकता थियो कि थिएन भन्ने बहस युधिष्ठिरको दरबारमा भएको थियो क्यार । तर मसँग युधिष्ठिरको कुरा जहिले पनि साँझमा हुन्थ्यो । म उसका लागि आमा, सल्लाहकार, राजमाता, जे भने पनि सुटुक्क आएर आफ्ना मनका कुरा भन्ने, मनमा उठेका तनावको र तरङ्गको एउटा लेखाजोखा गर्ने साथी नै थिएँ । म कम बोल्थें तर सबै कुरा धैर्यताका साथ सुन्थें । सुन्नु पनि जरुरी थियो र त सुन्थें । कुनै कुरामा आफ्नो राय तर्कका साथ दिन्थें । मलाई के पनि थाहा थियो भने मैले भनेपछि त्यो कुरा अकाट्य हुन्थ्यो, त्यसैले नबुझी आदेश जस्तो तरिकाले केही भन्नुभन्दा मौन बसेर बुझ्नु मेरो पहिलो कर्तव्य हुन्थ्यो । मेरो अनुमान के थियो भने द्रौपदीसँग राज्य सञ्चालनमा खासै कुरा हुँदैनथ्यो ।
खासगरी भीमसँग बढी हुन्थ्यो किनभने भीम युवराजको पदमा समेत थिए र अर्जुनले खासमा महामन्त्रीको रुपमा झैं सल्लाह दिएको बुझ्थें । विदुरको उपस्थितिले महामन्त्रीको कार्यभारलाई सहज बनाउँथ्यो तर महायुद्धपश्चात् विदुरमा राज्य सञ्चालनमा खासै रुची देखिदैनथ्यो । अचम्भ त के थियो भने जबजब हस्तिनापुरको दरबारमा कुनै जटिल समस्या आउने देखिन्थ्यो, व्यास टुप्लुक्क आउनु हुन्थ्यो । व्यास नै आए पछि सबैको समस्याको समाधान आफैं हुन्थ्यो । तीन कृष्णको कुरा हो, जुन कृष्ण पनि समस्याका समाधान दिने नै थिए । त्यसैले अर्जुनको कुरा पनि आएको हो । एउटा कृष्ण मेरो भदाहा, एउटा कृष्ण मेरो छोरा अर्जुन अनि अर्को कृष्ण भनेको स्वयं व्यास हुनुभयो । भन्नेले भन्थे पनि, द्वापर युग भनेको तीनओटा कृष्णको क्षमता र पुरुषार्थको समय हो । अश्वमेध यज्ञ गर्ने निर्णय यस्तो बेलामा भयो जुनबेलामा राज्य संक्रमणकालबाट बिस्तारै सहजरुपमा फर्किएको थियो । जताततै हाहाकार नै थियो । उमेर पुगेका जत्ति कि त पाण्डवको पक्षमा, कि त कौरबको पक्षमा लागेर वीरगति प्राप्त गरेका थिए । दक्षता र आर्थिक उत्पादकत्वका हिसाबले शून्यतामा समाज थियो । पति या छोरा गुमाएका नारीहरुको बाहुल्यतामा राज्यको जनसंख्या अत्यधिक थियो । तर पनि युधिष्ठिरलाई लाग्यो, पापको प्रायश्चितका लागि पुर्खाले झैँ अश्वमेध यज्ञ जरुरी छ । ठिकै हो, यज्ञ गर्नु त जरुरी भयो तर राज्यको सञ्चालन गर्नु पनि उत्तिकै महत्वपूर्ण काम थियो । युवराज भीमसेनको सम्पूर्ण प्राथमिकता देखिन्थ्यो , छिन्नभिन्न भएको कुरुराज्यलाई फेरि एकीकृत गर्ने र पुरानो चक्रवर्तित्वलाई यथावत् कायम गर्ने ।
बाहिर एकदम ताजा देखिने भीमलाई पनि युद्धको परिणामले एकोहोरो बनाएको अनुभूत मचाहिँ गर्थेँ । सबैलाई झैँ युद्धको घाउले भीमलाई पनि भित्रभित्रै खोक्रो बनाएको मिहिन तरिकाले महसुस हुन्थ्यो । खासगरी घटोत्कचको असामयिक मृत्युले र कर्णको अस्तित्वका वारेमा युद्धपछिमात्र थाहा पाएकाले उसलाई जीवनको नियतिको नयाँ नयाँ पक्षका वारेमा सोच्न बाध्य पारेको थियो एकातिर भने राज्यको भावी राज्याधिकारी अभिमन्युको मृत्युले पनि पाण्डवहरुमा जीवनलाई पानीको फोका झैँ मात्र सम्झने नयाँ धारणा बनेको थियो । तर राज्य चलाउने भनेको आवेश र भावनामा मिल्दैनथ्यो र सबै एकछिनको भावावेश र सपनाबाट बाहिर आएर तत्काल राज्यको समस्यामा केन्द्रित हुनु जो परेको थियो ।
महाराज धृतराष्ट्र, महारानी गान्धारी, वर्तमान महारानी द्रौपदीदेखि चक्रवर्ती महाराज युधिष्ठिर सबै आफैँमा गुम्सिएका थिए । म पनि त आफैँमा सीमित थिएँ । कारण थियो, म घोषित महारानी पनि थिइँन र छोराहरुले मलाई राजमाताभन्दा पनि बढी दिएको सम्मानलाई म तिरस्कार पनि गर्न सक्दैनथें । महाभारतको युद्ध मुर्झाएको सामाजिक र व्यक्तिगत जीवनलाई जीवन्त बनाउनका लागि भएको थियो, तर महायुद्धपछि सबैमा एकाकीपन देखिन थालेको थियो । सबैमा युद्ध नलडेको भए पनि हुन्थ्यो भन्ने विषाद देखिन्थ्यो हार्नेलाई पनि ,जित्नेलाई पनि । महायुद्धका नायकहरुमध्ये जीवित पात्रहरुमा जेठाजु स्वयं एउटा अप्रत्यासित हारको विषादबाट ग्रस्त हुुनुहुन्थ्यो भने जित्ने पात्रहरु मेरा छोराहरुदेखि भदाहा श्रीकृष्णसमेतमा जीतको खुसी मनाउन नसक्ने अवस्थामा देखिन्थे । सबै दुःस्वप्नपछि विउँझिएका झैँ थिए तर सपनामा देखिएका कुराहरु विपनामा घटित भएको यथार्थतासँग साक्षात्कार गर्दै थिए ।
यही मेसोमा अश्वमेध यज्ञको थालनी हुन लागेको थियो । यज्ञको बहुआयाम देखिन्थ्यो । बिग्रिएको सामाजिक छवि सपार्ने , राज्यको विस्तारका लागि फेरि एकपटक विश्वभ्रमण गर्ने, राज्यको रित्तिएको ढुकुटी भर्ने र पाण्डवहरुले गरेको पापको प्रायश्चित गर्दैछन् भन्ने जानकारी स्वर्ग, मत्र्य र पातालका शासकहरुलाई दिने । देवता, विश्वका राजा रजौटा, यक्ष गन्धर्व, नाग, भिल्ल, निषाद आदिलाई अश्वमेध यज्ञमार्फत् एकीकरण गरी जनताको इच्छाबमोजिमको राज्य सञ्चालन गर्ने । मेरो परिवारमा सबै खालका मानिसहरु थिए, ईश्वरका सन्तान,मानिसका सन्तान र राक्षसका सन्तान । एउटै छानामा मिलेर बसेका थिए तर फरक फरक उद्देश्य लिएर । तर सबैको उद्देश्य जनहित नै थियो भन्नेमा म ढुक्क थिएँ । जेठाजु र दिदीमा दुर्योधनको स्मृति ताजा थियो, ममा कर्णको स्मृति ताजा थियो, युधिष्ठिरमा अभिमन्युको स्मृति ताजा थियो, भीममा घटोत्कचको स्मृति ताजा थियो, अर्जुनमा, सुभद्रामा, उत्तरामा, नकुल र सहदेवमा समेत अभिमन्युको स्मृति ताजा थियो । तर द्रौपदीमा भने अझै दुर्योधन र दुःशासनको अपमान, द्रोणीले मारेका पाँचभाइ छोराहरु र दुर्योधनका भाइहरुमध्ये विकर्णको सत्यवादिता स्मृतिमा ताजा थियो । द्रौपदीका पनि त पिता महाराज द्रुपद, दाजुहरु शिखण्डी, धृष्टद्युम्नआदिले वीरगति पाएको कुरा स्मृतिमा रहनु स्वाभाविकै थियो ।
हामी एउटै छानोमुनि रहेका सबै विषादमा थियौँ तर विषादका पात्रहरु र कारणतत्व साझामा युद्धको परिणाम नै थियो । त्यस्तो बेलामा नयाँ आयामका लागि र नयाँ उद्देश्य प्राप्तिका लागि गरिएको अश्वमेध यज्ञले हस्तिनापुरको चिन्ताग्रस्त राजपरिवार र राजधानी बासीहरुमा नयाँ विषयको थालनी सुरु भएको थियो र दरबारमा पनि नयाँ कामको थालनीले नयाँ कामको वारेमा सहजीकरणको कामले केही विषादबाट अलिकति भने पनि पन्छने समय मिलेको देखिन्थ्यो । यज्ञको सम्पादनको परिणामप्रति अब सबैको ध्यान खिचिएको पाइन्थ्यो । तर यज्ञका लागि आवश्यक सम्पत्तिको जोहो गर्ने कुरा पहिलो र जरुरी थियो । जोसँग श्रीकृष्ण आफैं दाहिना हुनुहुन्छ, जोसँग भीमसेन, अर्जुन, नकुल, सहदेव, वृषकेतु, मेघवर्णजस्ता रथीहरु थिए, उसलाई यो संसारमा केको पो कमी हुन्थ्यो र भन्ने आशय र ढुक्कपन सबै देशवासी र छिमेकीहरुमा पाइन्थ्यो । महायुद्धपश्चात् त झन हस्तिनापुरका विपक्षमा देखिने कोही पनि बाँकी पनि थिएनन् र पक्षमा खुलेर लाग्ने मित्रहरु पनि बाँकी थिएनन् । थिए त नाबालक र वैधव्य स्वीकार गरेका र नाबालिगहरुलाई पाल्नका लागि बाँकी रहेका वीरमाताहरु , राजमाताहरु, कुरा छिनेर पनि विवाह हुन बाँकी रहेका राजकन्याहरु । बृद्ध, बालक र वैधव्यता स्वीकार गरेका वनिताहरुको लागि निरापद राज्यको भोगमात्रै पनि स्वर्गीय आशीर्वादको विषय बनेको थियो । राज्यको उत्पादनमा ह्रास आएको थियो, काम गर्ने मानिसहरु सबै युद्धको ज्वालामा झुल्सिएका थिए तर पनि अश्वमेध यज्ञको तिर्सनामा हस्तिनापुर प्यासी थियो ।
राजमाताको लागि सबैभन्दा सजिलो उपाय भनेको धेरै वास्ता नगर्नु पनि हो । सानो बच्चा परीक्षितको लालन पालन नै हाम्रो पहिलो कर्तव्य बनेको थियो किनभने कुरुवंशको एकमात्र धरोहर उही थियो। अर्जुन र सुभद्राको गन्धर्व विवाहमा मेरा माइतीहरुको चित्त बुझेको थिएन , झन त्यस्मा पनि बलरामको चित्त त बुझेकै थिएन । कृष्णका कुरा नै बेग्लै थियो । ऊ प्रत्येक कामको नियति र परिणामका वारेमा जान्ने हुनाले मलाई एकदिन सुटुक्क भनेथ्यो—फुपु, वास्तवमा तिम्रो वंशले नै यो साम्राज्य चलाउने हो , झन त्यस्मा पनि सुभद्राकै सन्तान नै निर्णायक राजाको रुपमा संसारले प्राप्त गर्नेछ । त्यसोभन्दा मलाई त मेरै दोहोरो रगतले राज्य चलाउने कुराले क्षणिक आनन्द आउन सक्थ्यो तर पटरानीका रुपमा भित्रिएकी द्रौपदीका सन्तानहरुको हक खोसिने कुरामा मेरो सहमति हुँदैनथ्यो । तर म मौन बसेँ किनभने सबै संसारको लेखाजोखा राख्ने मान्छेले भनेका कुरामा पक्कै कुनै गूढार्थ होला भन्ठानेँ ।
नभन्दै सबै नातिहरुले वीर गति पाए, अरु त अरु भीमका सन्तानहरुले पनि वीरगति पाए, सबै छोराहरुका अन्य रानीहरुबाट जन्मिएका सन्तानहरुले समेत वीरगति पाए । चर्चाचाहिँ अभिमन्यु र इरावानको मात्र भयो । इरावान बाँचेकै भए पनि शेषनागका नातिले राज्य चलाउन पाउने थिएन । जस्तो कि बभू्रबाहनले राज्याधिकार पाएको थिएन । मणिपुरमा राजा भएको थियो र मावलीका लागि उसको जन्म भएको थियो । उसको हाम्रो परिवारसँग खासै सम्बन्ध थिएन पनि र साँच्चै भनौँभने अर्जुनकी रानी चित्राङ्गदासँग मेरो त्यस्तो सम्पर्क पनि थिएन । सायद यक्ष , गन्धर्वकी छोरी थिइन् मणिपुरकै । त्यही बभू्रबाहनले अर्जुनलाई मारेको खबरले भने म अत्यन्त चिन्तित भएकी थिएँ । हस्तिनापुरमा सबै चिन्तित भएका थिए । मैले सुन्ने बित्तिकै मेरो होस हबास उडेको थियो र विश्वास नलागे पनि पत्याउनु जरुरी थियो । भएछ के रे भने अर्जुनले बभू्रबाहनलाई हकारेछ घोडा बुझाउन आएकोमा । भनेछ(तिमी को हौ राजकुमार ? क्षत्री भए त लडेर पो आप्mनो करामत देखाउनु पर्ने ? या त तिमीले आत्मसमर्पण गरेको हुनुर्पयो, या त मेरो राज्यको अधीनमा आएको सम्झौता भएको हुनुर्पयो । जब बभू्रबाहनले अर्जुनलाई पिताजी र आफ्नी माताको वारेमा केही बोल्न थालेको थियो रे, अर्जुनले चित्राङ्गदालाई चिन्न पनि चाहेन र आफ्नू त्यस्तो कुनै रानी पनि नरहेको बताएर बभू्रबाहनलाई आफ्नो छोरोको रुपमा स्वीकार गर्न पनि ठाडै इन्कार गरेछ । र भनेछ(त्यो नाम गरेकी मेरी कुनै रानी पनि छैन र यदि गन्धर्वका सन्तान हौ भने कुनैसँग नाच्दानाच्दै तिमी जन्मेकेो हुनुपर्छ विनाबाबुको बच्चा । त्यसले अर्जुनको छोरोको अस्तित्वमाथि प्रश्न उठाउने र आफ्नै सतीत्वमा रहेकी रानीको गर्भको बच्चाका वारेमा समेत विवाद गरेपछि आफू अर्जुनको छोरो भए अर्जुनको टाउको काट्न सक्ने क्षमताको माग गर्दै वाण हाने पछि अर्जुनको टाउको काटिएछ । एकप्रकारले सतीत्वको रक्षा गर्नका लागि पनि अर्जुनको टाउको काटिएको रहेछ ।
हामी सबै रुँदै रुँदै मणिपु पुग्यौँ र हेर्छौं त स्वयं बभू्रबाहन रोइरहेको, चित्राङ्गदा र उलूपि आफैँ झाँक्रो फिँजाएर रोइरहेका अनि बभ्रुबाहन किँकर्तव्यविमूढ भएर सुँक्क सुँक्क गर्दै रहेको । अचम्भ, अर्जुनको टाउको नै थिएन रणभूमिमा । वृषकेतुको शरीर सुतेको जस्तो गरी पल्टिरहेको थियो तर निश्चल, निस्तेज । सुन्नमा आयो , पातालका एकजना नाग राजाहरुमध्ये धृतराष्ट्रका छोराहरुले अर्जुनको टाउको चोरेर लगेका रहेछन् । जब विना टाउकोको अर्जुन लडिरहेको थियो र विषादले पोलेको बभू्रबाहन बाबुको टाउको खोज्दै थियो र कसरी बाबुलाई बचाउने भन्ने उपायमा लागिरहेको थियो । उलूपिमात्र त्यस्ती पात्र थिइन् त्यो समूहमा जसलाई आफ्ना पति बाँच्ने कुरामा विश्वास थियो । अर्जुनको मृत्यु पनि एउटा लेखान्त नै रहेछ रे भनेर पछि स्वयं अर्जुनले मलाई भनेको थियो, कृष्णले बचायो र भन्यो(यो जरुरी थियो बसुहरुको वचन पूरा हुन पनि र भीष्म पितामहको मृत्युको बदला लिन पनि । 
 

प्रतिकृया दिनुहोस

समाजवाद उन्मुख बजेट !

पेशल आचार्य/ हात्तीका दुईथरी दाँत हुन्छन्– एउटा चपाउने र अर्को देखाउने । नेपाली समाजलाई यो पुरातन उखानले सपाटसँग विश्लेषण गर्न सक्छ ।   हात्तीका

‘सुन बूढी’, सत्ता र ‘गोल्डेन डन’हरु

  -संजिव कार्की: सुनले देश गर्माएको छ यतिबेला । सुन तस्करको उपमा पाएको ‘गोल्डेन डन’ पक्राउ परेको छ ,त्यसको साथ साथै मन्त्री मन्त्राणीहरुको

मोदीको हतार हतारको भ्रमणः उपादेयता चाहिं के रह्यो ?

  भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको राजकीय भ्रमणमा बैशाख २८ मा आउनु भयो र २९ गते नै जानुभयो । पहिलो दिन जनकपुरमा