• ON AIRमिलिजुली नेपाली
  • UP NEXTबदलिदो नेपाल

रामेछाप नगरपालिका वडा नं ८ को वडाभेला सम्पन्न


रामेछापको रामेछाप नगरपालिका वडा नं ८ को वडा भेला आज सम्पन्न भएको छ ।संघीय संरचना अनुसार अहिले योजना छनौटको काम ७ चरणमा हुने गर्दछ ।यही चरणअन्र्तगतको तेश्रो चरणको वस्तीस्तरको योजना छनोटबाट आएको कामलाई वडा भेलाले प्राथमिकिकरणमा राखेर नगरपालिकामा पेश गर्ने गर्दछ ।वडा नं ८ का वडाध्यक्ष केदार कार्कीको अध्यक्षता,रामेछाप नगरपालिकाको रणनीतिक योजनाकार शेर बं श्रेष्ठको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा वस्तीस्तर भेलाबाट आएको आर्थिक विकास,सामाजिक विकास,पुर्वाधार विकास,वन तथा वातावरण वा विपद् व्यवस्थापन र सिँचाईको योजनाहरुलाई प्राथमिकिकरणमा छनोट गरी वडा भेलाबाट सर्वसम्मतले पारित गरेको छ ।वडाभेलाबाट आर्थिक योजनामा मुख्य गरी कफी,अकबरे खुर्सानी,अदुवा,बेसार,आँप,लिची मकैको बीउ उत्पादन,सामाजिक विकास अन्र्तगत खानेपानी पहिलो प्राथमिकता,पुर्वाधार विकास अन्र्तगत धारपानी,डुम्रीखर्क,भ्यागुरे सडक स्तरउन्नती सँगै कालोपत्रे गरी उक्त सडकलाई नगरचक्रपथ बनाउने,वन तथा वातावरण वा विपद् व्यवस्थापन सम्वन्धी पानीको मुल सुकेको मुहानको जलाधार क्षेत्रमा पानी भरणको लागी,कुलो,नाला,पोखरी बनाई पानी पलाउने वातावरण बनाउनका लागि वडाबाट निवेदन माग गरी परीक्षण गर्ने र सिँचाई योजना अन्र्तगत सुनकोशी ढुकुरसिंह खानेपानी योजनालाई यथाशीघ्र सञ्चालन गर्न नगरपालिकामा पहल गर्ने यी योजनाहरुलाई विशेष प्राथमिकतामा राखेको छ ।कार्यक्रममा बोल्दै वडाध्यक्ष कार्कीले वस्तीस्तरबाट आवश्यकता अनुसारको योजनाहरुमा प्रस्ताव भएकाले विस्तारै सबै योजनाहरु कार्यान्वयनमा ल्याउने बताउनुभयो ।उहाँले आफनो समुदायमा रहेको प्राकृतिक श्रोतको पहिचान गरी वडा र नगरलाई आर्थिक रुपले सम्पन्न बनाउन स्थानीय नागरिक,सरकारी तथा गैरसरकारी सस्थाको साथ सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

बिपी राजमार्ग साईकल  चलाउन मात्र बनाएको बाटो भनिदिनुस् न हामी गाडि नै चलाउँदैनौ, प्रदेश ३ का अर्थ मन्त्रि ढुंगेल । 

बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउनु पाउनु पर्ने माग गर्दे ब्यवसायीहरु केहि दिनदेखि रामेछापको सदरमुकाम मन्थलीमा

रामेछापमा सामीको जिल्ला स्तरीय अनुगमन

सागर बिक्रम बस्नेत  सुरक्षित अप्रबासन परियोजना सामी रामेछापले जिल्ला परियोजना समन्वय समितिबाट कार्यक्रमको अनुगमन सम्पन्न गरेको छ । सुरक्षित

रामेछापमा सामीको जिल्ला स्तरीय अनुगमन

सागर बिक्रम बस्नेत रामेछाप ।।  सुरक्षित अप्रबासन परियोजना सामी रामेछापले जिल्ला परियोजना समन्वय समितिबाट कार्यक्रमको अनुगमन सम्पन्न गरेको छ ।