• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

रामेछाप नगरपालिका ७ सुकाजोर मदिरा निषेधित अभियान सुरु ।। 


रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा मदिरा निषेधित अभियान सुरु भएको छ । मदिरा निषेधित वडा घोषणा गर्ने उद्धेश्यले रामेछाप नगरपालिका वडा नम्बर ७ हिलेपानीदेखि पालेवन सम्म जाँड रक्सी विक्रि वितरण गर्ने होटल व्यवसायिहरुको अनुगमन गरेको छ । रामेछाप नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष समिर कार्कीको नेतृत्वमा वडा सदस्यहरु , नगर उद्योग वाणिज्य संघका अध्यक्ष, जिल्ला प्रहरी कार्यलय रामेछापका प्रतिनिधि , सन्चारकर्मी ,स्थानिय राजनितीक दलका प्रतिनिधि  र सुकाजोरका स्थाननिय नागरीहरु सहितको टोलिले अनुगमन गरेको हो । अनुगमनको क्रममा ३० लिटर घरेलु मदिरा जाँड भेटेर नष्ट  गरिएको छ ।

साथै तोकिएको निषेधित क्षेत्र भित्र कोहि कसैले विक्रि वितरण गरे  वा गराएमा वडा वा कुनै पनि स्थानबाट खाएर आएर होहल्ला गरी शान्ति खल्बलाउने काम गरेमा एवम सार्वजनिक स्थानमा गाली बेइज्जती गरीएको पाइएमा स्थानिय प्रशासन नियमावली अनुसार कानुनि प्रक्रिया अपनाई आवश्यक कारबाहि गर्ने निर्णय पनि गरिएको छ । मदिरा निषेधित क्षेत्रमा होर्डिङ बोर्ड राख्ने, रेडियो मार्फत वडाबासिरुलाई मदिरा बिक्रि वितरण नगर्न र नगराउन सचेत गराउने निर्णय पनि मदिरा नियन्त्रण अभियान टोलिले गरेको छ । मदिरा नियन्त्रण वडा घोषणा गर्न वडाबासि नागरीक ,स्थानिय राजनितिक दल , पत्रकार ,प्रहरी , समाजसेवि बुद्धिजिवि  लगायत सबैको भुमिका महत्वपुर्ण हुने वडा अध्यक्ष समिर कार्कीले बताउनुभयो ।  

   

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मद्भागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

दशैंमा राजधानी जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायीः यात्रुसँग दोब्बर भाडा असुली ।। 

दशै मनाएर रामेछापबाट राजधानी काठमाडौं जाने यात्रुहरु दोब्बर भाडा तिर्न बाँध्य भएका छन् । रामेछापका विभिन्न ठाउँबाट राजधानी प्रवेश गर्ने सवारी साधन