• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

कांग्रेसमा तत्काल नीति र नेतृत्व परिवर्तन जरुरी छ स् प्रदिप पौडेल


वैशाख २० । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय भोगेपछि पार्टीभीत्र विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । निर्वाचनको गम्भीर समिक्षा हुनुपर्ने, विशेष महाधिवेशन डाकेर नेतृत्व परिवर्तन गर्नुपर्ने साथै संगठनलाई जरैदेखि सुदृढीकरण र सुद्धिकरण गर्नुपर्ने आवाजहरु उठ्न थालेका छन् । मुलुकका भएका हरेकजसो क्रान्तिहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको साथै ऐतिहासिक पृष्ठभूमि भएको पार्टी हाल आएर कमजोर अवस्थामा पुगेको भन्दै युवा नेताहरुले कांग्रेसको पुर्नसंरचना आवश्यक भएको औंल्याइरहेका छन् । यसै शिलशिलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलसँग कांग्रेसले भावी दिनमा अपनाउनुपर्ने कार्य्दिशाबारे इमेजकर्मी युवराज गौतमले गरेको संक्षिप्त कुराकानी  ? 
कांग्रेसले यस्तो लज्जास्पद पराजय ब्यहोर्नुको प्रमुख कारण के देख्नुहुन्छ ?
प्रमुख कारण त प्रतिस्पर्धी पार्टी गठबन्धन गरेर आएकाले नै हो । एमाले हाम्रो मुख्य प्रतिस्पर्धी थियो तर माओवादी केन्द्रसँग गठबन्धन गरेपछि केही जटिलता थपिएको हो । कांग्रेसका २४ जना उम्मेदवार तीनहजार भन्दा कम मतले र ३९ जना उम्मेदवार पाँचहजार मतले पराजित हुनुभएको छ । यसमा बाम गठबन्धन प्रमुख कारक हुनपुग्यो । एमाले एक्लै प्रतिस्पर्धामा भएको भए यी सबै ठाउँमा हामी विजयी हुने थियौं । तर यतिमात्रले हामी पराजित भएका होइनौं । राष्ट्रियताका मामिलामा हामीलाई एकदमै प्रतिरक्षात्मक बनाइयो । हाम्रो नेतृत्वले जनताका माझमा राष्ट्रवादी कांग्रेसलाई राष्ट्रवादी बनाउनै सकेन । विपक्षीको आरोपबाट प्रतिरक्षात्मक बन्नुपर्ने अवस्था आयो । हाम्रो घोषणा पत्रमा धेरै राम्रा कुराहरु लेखेका छौं तर ति राम्रा एजेन्डाहरु जनताका माझ लानैं सकेनौं । मुलकमा आइपर्ने हरेक संकटमोचन गर्न देखि सबैखाले क्रान्तिहरुको अगुवाइ गरेको पार्टी कसरी यति कमजोर बन्यो । इतिहासमा हामीले गरेको योगदानका बारेमा जनतालाई प्रष्ट पार्न सकेनौं । समृद्धी र विकासका योजनाहरु पनि राम्रोसँग पस्किन सकेनौं । हाम्रो नेतृत्वपंक्ती पार्टीको नेता बन्न सकेन, गुटको मात्र नेता बन्यो । गुटको नेता भएर आफ्ना मान्छेका बारेमा मात्र चिन्तित बन्यो तर पार्टीप्रति चिन्तित देखिएन । निर्बाचनमा प्रतिस्पर्धीलाई पछाडी पार्नेगरी प्रभावकारी रणनीति र योजनाहरु ल्याउनै सकेनौं । यी सबै कुराहरु नेतृत्वसँग जोडिएको छ । त्यसैले यी सबै कमजोरीलाई चिर्दै अघि बढनुपर्ने देखिएको छ । पार्टीलाई नीतिगत रुपमा प्रभावकारिता, संगठन विस्तारमा प्रभावकारिता, कार्य सम्पादन र योजनाहरु निर्माण गर्न अहिलेको नेतृत्व कसरी सक्षम हुनसक्छ रु उहाँहरुले कसरी कार्यकर्ताहरुलाई चित्त बुझाउन सक्नुहुन्छ रु हामी त त्यस्तो सम्भावना देख्दैनौं । यी सबै काम गर्न नेतृत्व यथावत राखेर कसरी सम्भव हुन्छ रु यसबारे हामी छलफल गरिरहेका छौं । विशेष महाधिवेशन, महासमितिको बैठक बस्नुपर्ने अवस्था आइसकेको छ ।
त्यसोभए पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन नै अन्तिम विकल्प देख्दैहुनुहुन्छ तपाईं ?
यस विषयमा मलाई के लाग्छ भन्ने कुरा प्रमुख होइन । म जस्ता पार्टीका कार्यकर्ताहरुलाई के लाग्छ, त्यसका बारेमा छलफल जरुरी छ । हाम्रो भनाई भनेको यथास्थीतिमा अब पार्टी चल्दैन । परम्परागत शैलीबाट अब चल्दैन । नयाँ पुस्तालाई सम्बोधन र आकर्षण गर्ने गरी योजना र कार्यक्रमहरु आवश्यक देखिएको छ । यस्ता कार्यक्रम ल्याउन सकिएन भने कांग्रेसप्रति आकर्षण ल्याउन सकिदैंन । बलियो पार्टीको नेतृत्व गर्न त हाम्रा अग्रजहरु पनि तयार हुनुहोला । तर उहाँहरुले नेतृत्व गरिरहेको कांग्रेस कमजोर भयो । त्यसैले अब पार्टीलाई थप बलियो बनाउन नयाँ शीराबाट जान जरुरी छ ।
टिकट वितरणमा गरिएको भागबन्डाले पनि पार्टी कमजोर भयो भनिदैछ, यसको साक्षी त तपाईं पनि हुनुहुन्छ हैन ?
हाम्रो पार्टीको अधिवेशनहरुमा प्रतिस्पर्धाका क्रममा गुट बन्छ । अधिवेशनको प्रक्रिया पार गरेर आइसकेको नेतृत्वले पनि अझ बलियो कसरी बनाउन सकिन्छ भन्नेमा मात्र चिन्तित भएको देखियो । पार्टीबाट प्राप्त अवसर कसरी आफ्ना व्यक्तिलाई दिन सकिन्छ भन्नेमा मात्र नेतृत्व चिन्तित देखियो । यो शैलीको गुटबन्दीबाट पार्टी चल्दैन । यहाँ विचार, योजना र कार्यक्रमबारे मत बाझिएको छैन । अवसर कसलाई दिने र कसलाई नेता बनाउने भनेर मत बाझिएको छ र टिकट दिइएको छ । जित्नेलाई टिकट नै दिइएन् । टिकट वितरणमा बैधानिक व्यवस्थालाई पालना नै गरिएन ।
चुनावमा त संभावना बोकेका भनिएका नयाँ पुस्ताका नेताहरु पनि पराजित हुनुभएको छ, यसमा पनि नेतृत्वलाई मात्र दोष दिइरहने ?
हामी पराजित भयौं । हाम्रो पनि जिम्मेवारी छ । तर यो समग्र प्रक्रिया९टिकट वितरण०मा म सामेल थिईंन । धेरै प्रक्रियाहरु उलंघन गरियो । हामी पराजित हुनुमा पार्टीले प्रभावकारी रणनीति बनाउन सकेन, प्रचार गर्न सकेन । विपक्षीले लगाएका आरोपहरु चिर्न सकेन । त्यतिमात्र नभई मेरो पनि कमजोरी होलान । यसका लागि छलफल गरी निस्कर्ष निकाल्नु जरुरी छ । नेपालमा कानुनी शासन हुनुपर्छ, विधीको शासन हुनुपर्छ भनेर लडेको पार्टी हो कांग्रेस । तर कांग्रेस भित्र नै विधी भन्दा ब्यक्ति हाबी भएको देखियो । त्यसैले यो परम्परागत शैली, मान्यता र सोच परिवर्तन जरुरी छ ।
त्यसोभए अब कांग्रेस बलियो बनाउन नेतृत्व मात्र परिवर्तन गर्नुपर्ने देख्नुभएको हो ?
नेतृत्व परिवर्तन मात्र गरेर हुँदैन । नीतिगत सुधार जरुरी छ । कार्यसम्पादन देखि मनोविज्ञान पनि परिवर्तन जरुरी छ । यी सबै काम गर्न परम्परागत नेतृत्वबाट सम्भव छैन् । पार्टी पुर्नगठन हुनु जरुरी छ । योजनागत रुपमा प्रष्ट हुनु जरुरी छ । नीति, सिद्धान्त, योजना र कार्यक्रम प्रगतिशील साथै समयसापेक्ष बनाएर सोही अनुरुपको नेतृत्व आवश्यक छ ।
यदि तपाईंहरुको पुस्ताले नेतृत्व पायो भने संगठन बलियो हुन्छ भन्ने आधार चाहिं के ?
अघिल्लो पुस्ता हाम्रो अभिभावक बनिदिनुहोस । हामीलाई शुभेच्छा, आर्शिवाद दिनुहोस भन्ने हो । कसैलाई अपमान गर्न चाहेको होइन, कसैलाई पार्टी बाहिर लान खोजेको होइन । तर नयाँ शिराबाट अघि बढ्न अभिभावकत्वको खाँचो छ ।
कम्युनिष्ट पार्टीले शासन चलाए भन्ने ‘अधिनायकबाद’ आउँछ भनेर प्रचार गरिएको छ, यो कतिको सम्भव छ ?
एमाले पार्टी २०४७ देखि नै संसदीय र बहुदलीय ब्यवस्था स्वीकार्दै आएको हो । एमालेकै तहमा अभ्यास र स्वीकारोक्ती नभएको पार्टी माओवादी केन्द्रसहितको गठबन्धन बन्यो । दुवै पार्टी कम्युनिष्ट भएर मिलेको हो । संविधान कार्यान्वयन गर्न पनि गठबन्धन बनेको होइन, कम्युनिष्ट बलियो बनाउन मिलेका हुन् । त्यसैले हामीलाई अझै शंका लागिरहेको छ । उहाँहरुको कार्यशैली हेर्न बाँकी छ ।
कांग्रेसले पनि बीपीले देखाउनुभएको बाटो विर्सियो भन्ने आरोप छ नी ? 
म र मजस्ता केही कांगेसहरुले पार्टीलाई ‘सेन्टर लेफ्ट’ बनाउन खोजेको हो । प्रगतिशील विचारलाई अंगिकार गर्न खोजेको हो । गरिबमुखी, निमुखामुखी र समाजवादी पार्टी बनाउन खोजेको हो । सबै नागरिक समान हुनुपर्छ र सबैले अवसर पाउनुपर्छ भन्ने हाम्रो अवधारणा हो । तर हाम्रै कांग्रेस भित्र पनि पूर्ण पूँजीवादको बाटोमा लानुपर्छ भन्नेहरु पनि हुनुहुन्छ । हामी भित्र पनि यस्ता द्वन्द्व छँदैछन । हामीभित्र यसबारेमा बैचारिक बहस नै कहिले हुन सकिरहेको छैन् । बीपी कोइरालाका पालामा जति प्रतिबद्ध कांग्रेस थियो अहिले छैन, यो हामीले स्वीकार्नुपर्छ । कांग्रेसभित्रको गुटबन्दी बैचारिक धरातलमा उभिएर नभइ ब्यक्तिवादी सिद्धान्तमा आधारित छ । तर हामी कांग्रेसलाई बीपीका विचारहरुलाई अंगिकार गर्दै समयसापेक्ष परिवर्तन गर्ने अभियानमा छौं ।
 

प्रतिकृया दिनुहोस

सहकारीहरुको संख्यात्मक वृद्घि भन्दा गुणात्मक रुपमा वृद्घि आवश्यक छ: पौडल

काठमाडौंको बालाजुमा रहेको इकोहिमाल बचत तथा ऋण सहकारी सस्थाका सचीव तथा प्रबन्ध निर्देशक लेखनाथ पौडलेसँग सहकारीको वर्तमान अवस्थाको बारमा रहेर भवानी

रामेछाप नगरपालिकाभित्र एक रुपैयाँ पनि भ्रष्टाचार हुन दिन्नः नगर प्रमुख मगर ।। 

स्थानीय तहमा जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन नै नगरी अनियमितता भएको आरोप र आवज उठन थालेको छ । निर्वाचनको क्रममा विकास र समृद्धिको नारा अगाडि

रामेछाप नगरपालिकाभित्र एक रुपैयाँ पनि भ्रष्टाचार हुन दिन्नः नगर प्रमुख मगर ।। 

स्थानीय तहमा जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन नै नगरी अनियमितता भएको आरोप र आवज उठन थालेको छ । निर्वाचनको क्रममा विकास र समृद्धिको नारा अगाडि