• ON AIRबदलिदो नेपाल
  • UP NEXTहजुरको समाचार

स्वर्गीय पत्रकार राजकुमार केसीको सम्झनामा शैक्षिक सामग्री वितरण

 

 स्वर्गीय पत्रकार राजकुमार केसीको सम्झनामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । राजकुमारकी छोरी उमा केसीले बुबाको सम्झनामा श्री कालिका देवी माध्यामिक विद्यालय देउरालीका ४० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो । त्यही विद्यालयमा कक्षा सातसम्म अध्ययन गरेकी उमा केसीले बुबालाई गुमाएको समयमा आफूलाई कसैले एउटा कापी दिँदा पनि निकै सहयोग पुगेको स्मरण गर्दै सानो सहयोगले विद्यार्थीलाई हौसला मिलोस भनेरे शैक्षिक सामाग्री वितरण गर्दै आएको बताउनुभयो । पत्रकार केसीलगायत अरु ५ जनालाई २०५९ साल कार्तिक ७ गते तत्कालीन शाही नेपाली सेनाले रामेछापको भालुखोप डाँडामा गोली हानी हत्या गरेको थियो । 

प्रतिकृया दिनुहोस

राष्टिय सम्पदा सुचिमा सुचिकृत केवलेश्वर मन्दिर ओझेलमा ।।

रामेछाप जिल्लाको ऐतिहासिक धार्मिक स्थल केवलेश्वर मन्दिर संरक्षणको अभावमा ओझेलमा परेको छ । रामेछाप जिल्लाको धार्मिक स्थलको रुपमा परिचित धेरै वर्ष

रेबिजको महामारीको आशंका गर्दै जिल्ला स्वास्थ्य कार्यालयमा सहयोगको याचना 

आफ्नै घरमा पालेको कुकुरका कारण महामारी फैलन सक्ने आशंका गर्दै रामेछाप नगरपालिका वडा नं ७ का उद्धब कुमार श्रेष्ठले जिल्ला जनस्वास्थ कार्यालय

रामेछापको ठोसेमा दाउराले हानेर भाइले गरे दाइको हत्या । 

घरायसी झैझगडामा दाउराले हानेर भाइले दाइको हत्या गरेका छन् ।  जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गोकुलगंगा गाउँपालिका वडा नम्बर –२, ठोसेको भित्तरी