• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी रामेछापमा पनि मनाईंयो  । 


जेठ २२ । ‘प्लाष्टिक प्रदुषण निर्मूल पारौं, पुनःप्रयोग गर्न नसेके बहिष्कार गरौं’ भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी रामेछापमा पनि मनाइँएको छ । जिल्ला वन कार्यलय रामेछापले एक कार्यक्रमको आयोजना गरी श्रि गौरीशंकर माध्यमिक विद्यालयको प्राङगणमा वृक्षारोपण गरेको छ । श्रि नन्दा बक्स गण रामेछापका प्रमुख सेनानी प्रमोद कुमार थापाको प्रमुख आतिथ्यता एवम श्रि गौरी शंकर  माविका प्र.अ निर बहादुर कार्कीको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा बाल्दै श्रि नन्दा बक्स गण रामेछापका प्रमुख सेनानी प्रमोद कुमार थापाले वातावरण दिवश दिवशमा मात्र सिमित नभई हरेक दिन वातावरण संरक्षणमा परिवर्तन ल्याउनेखाले कामहरु हुनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले हरेक व्यक्ति र परिवारले आफनो घर आगन र समुदाय सरसफाइमा लागि पर्न सकेको खण्डमा देशकै वातावरण स्वच्छ र सफा हुने बताउनुभयो । यस्तै श्रि गौरी शंकर  माविका प्र.अ निर बहादुर काकीले  विद्यालयमा रोपिएका बिरुवाहरु संरक्षण गर्ने र विद्यार्थिहरुलाई वातावरण सरसफाइको महत्वको बारेमा विद्यालयले जानकारी गराउदै विद्यालय परिसरभित्र सफा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विश्व वातावरण दिवसका अवसरमा आजै दिउँसो १ बजे श्रि गौरीशंंकर माविका विद्यार्थि र विभिन्न सरोकारवाला नागरीकहरु सहितको जनचेतनामुलक र्यालि रामेछाप बजार हुदै जिल्ला वन कार्यलयसम्म पुग्ने छ ।  वृक्षारोपण कार्यक्रममा रामेछाप जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका  प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यस्तै रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पनि वातावरण दिवसको अबसरमा विभिन्न सरसकारी तथा गैर सरकारी संघसंस्थाहरुको अगुवाइर्मा यालीको आयोजना गरिएको छ । स्थानिय मन्थली बजार परिक्रमा पश्चात मन्थली नरपालिका प्रमुख रमेश बस्नेतर्ले यालीलाई सम्बोधन गर्नु भएको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको हो ।वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातवरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महशूस गरी वर्षेनी विश्व वातावरण दिवस मनाउने गरिएको हो । 

प्रतिकृया दिनुहोस

रामेछापमा श्री मदभागवत सप्ताह ज्ञान महायज्ञ हुँदै ।

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजार नजिकै रहेको श्री पशुपतिनाथ मन्दिर पाङगणमा श्री मदभावत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पितृ उद्धार

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको

रामेछापको  गोगनेभिरमा जीप दुर्घटना तीनजनाको मृत्यु ।। 

रामेछापको  मन्थली नगरपालिकाको गोगनेभिरमा शनिबार बेलुकी भएको जीप दुर्घटनामा परी ज्यान जानेको संख्या तीन पुगेको छ । मन्थली नगरपालिका– ४ सालुको